लामखुट्टे भगाउने सजिलो घरेलू तरिका

एजेन्सी । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग (मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईंलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतिबाटै यसको निदान गर्न सकिन्छ ।

 

घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ ।

 

घरमा तुलसीको बोट रोप्नाले पनि लामखुट्टे भगाउन सकिन्छ । पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ । हाम्रो बगैंचामा प्रायजसो सयपत्री फूल फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौसी तथा बैठक कोठामा  पनि सयपत्री फूललाई सजावटका लागि राखेका हुन्छन् । सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।

 

कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिएपछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउन सकिन्छ ।

 

सर्स्यूँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ । नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।

 

कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ । लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउन समेत सकिन्छ । मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलाएको लालटिनलाई बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • 16 minutes ago
विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ । मोरङको विराटनगर– १३ कोशीप्रोजेक्टमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री विराटनगर– १५ बस्ने ६० बर्

नेप्से परिसूचकले नयाँ उचाइ कायम गर्‍यो

  • 26 minutes ago
नेप्से परिसूचकले नयाँ उचाइ कायम गर्‍यो

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार

घुस लिएको अभियोगमा मुद्दा

  • 30 minutes ago
घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिक



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।