दिल्लीका जनतालाई केजरीवाल सरकारद्वारा ठुलो राहत !

Norvic Hospital

एजेन्सी । दिल्लीमा बढ्दो महँगीकाबीच सर्वसाधारणले ठूलो राहत पाएका छन् । दिल्लीको केजरीवाल सरकारले राज्यमा पेट्रोलमा भ्याट घटाउने निर्णय लिएको छ । उक्त निर्णयसँगै दिल्लीमा पेट्रोल ८ भारतीय रुपैयाँले सस्तो भएको छ । नयाँ मूल्य आज रातिदेखि लागू हुनेछ ।

 

सरकारले पेट्रोलमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) ३० प्रतिशतबाट १९ दशमलव ४० प्रतिशतमा झारेको छ । यससँगै दिल्लीमा पेट्रोलको मूल्य हालको १०३.९७ भारतीय रुपैयाँबाट घटेर ९५.९७ भारु पुगेको छ । 

 

मन्त्रिपरिषद् बैठकमा दिल्ली सरकारले पेट्रोलमा भ्याट घटाउने निर्णयलाई अनुमोदन गरिसकेको छ ।

 

चाडपर्वमा सर्वसाधारणलाई राहत दिँदै केन्द्र सरकारले पेट्रोल र डिजेलमा क्रमशः पाँच र १० रुपैयाँ अन्तःशुल्क घटाएको हो । यसले तेलको मूल्य घटाएको छ ।

 

यसपछि धेरै राज्य सरकारले आ–आफ्नो राज्यमा पेट्रोल र डिजेलमा भ्याट घटाएका थिए । यसमा पञ्जाब, राजस्थान र छत्तीसगढका कांग्रेस सरकारहरू पनि सामेल छन्।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिंहदरबारभित्रका १०० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण

  • 1 minute ago
सिंहदरबारभित्रका १०० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौँ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत १०० भन्दा बढी कर्मचारीहरुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। चार सचिवसहित सो संख्याका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो।

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीया कँडेलको मृत्यु

  • 13 minutes ago
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीया कँडेलको मृत्यु

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक कँडेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक

स्पेनिस सुपर कपको उपाधि रियललाई

  • 39 minutes ago
स्पेनिस सुपर कपको उपाधि रियललाई

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको ह



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।