विश्वकपका यी ४ डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिएको तितो यथार्थ
- सुवास गाैली
- बिहीबार, १४ आषाढ, २०७५
- 2 years ago
- खेल
- Spain
- France
- Germany

काठमाडौं । चार वर्षअघि फुटबल अब्बल ठहरिएर विश्व विजेता बनेको राष्ट्र जमर्नी यसपटक समूह चरणबाटै घर फर्किएको छ । समूह ‘एफ’ मा रहेको जमर्नीले मेस्कीको तथा कोरियासँग पराजय भोगेको हो भने स्विडेनसँग पनि २–१ गोलको कठिन जित हात पारेको हो ।
जमर्नीले समूह चरणको तीन वटै खेलमा गोल खाएको छ । पहिलो खेलमा जमर्नी मेक्सीकोसँग १–० गोलले पराजित भएको थियो भने समूहको अन्तिम खेलमा पनि कमजोर आंकलन गरिएको एशियाली राष्ट्रसँग दक्षिण हार व्यहोर्न पुग्यो । यसरी दुई खेलमा हार तथा १ खेलमा कठिन जित निकाल्दा जमर्नी अंक तालिकाको अन्तिममा समेत परेको छ । कोरियाको पनि समान तीन अंक भए पनि गोल अन्तरमा पनि पछि पर्दा जमर्नीको लागि यो विश्वकप साँच्चै दुखद् रह्यो ।
४ पटकको विश्वकप विजेता राष्ट्र जमर्नी यसभन्दा अघि पनि सन् १९३८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।
त्यसोत, अन्य डिफेन्डिङ च्याम्पियनहरु पनि समूह चरणबाटै बाहिरिएको तितो यथार्थ हामीहरुमाझ छ । फ्रान्स, इटाली तथा स्पेन पनि विश्वविजेता बनेर समूह चरणबाटै बाहिरिएको थियो ।
फ्रान्स
सन् १९९८ को विश्वकप जितेको फ्रान्स सन् २००२ को विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । कोरिया–जापान विश्वकपमा फ्रान्स समूह ‘ए’मा परेको थियो । फ्रान्सको समूहमा डेनमार्क, सेनेगल र उरुग्वे परेको थियो । उक्त समूहबाट फ्रान्सले कुनैखेलमा पनि जित निकाल्न सकेन ।
पहिलो खेलमा फ्रान्स सेनेगलसँग १–० गोलले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेले पनि तस्रो खेलमा डेनमार्कले फ्रान्सलाई २–० गोलले हराएको थियो ।
इटाली
सन् २०१० को साउथ अफ्रिका विश्वकप तत्कालिन डिफेन्डिङ च्याम्पियन इटालीको लागि पनि सुखद् रहेन । उक्त विश्वकपको समूह ‘एफ’ मा रहेको इटाली पनि अंक तालिकाको अन्तिममा परेर विश्वकपबाट बाहिरिएको थियो ।
समूह चरणको पहिलो खेलमा इटालीले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको थयो । दोस्रो खेलमा पनि इटालीलाई न्यूजिल्याण्डले १–१ गोलको बराबरीमा रोकेको थियो । समूह चरणको अन्तिम खेलमा त इटालीलाई स्लोभाकियाले ३–२ गोलले पराजित गर्दा इटाली समूहको अंक तालिकाको अन्तिममा परेर घर फर्किनुपरेको थियो ।
स्पेन
सन् २०१४ को ब्राजिल विश्वकप पनि तत्कालिन डिफेन्डिङ च्याम्पियन स्पेनको लागि पीडादायी रह्यो । समूह ‘बी’ मा रहेको स्पेनलाई पहिलो खेलमा नै ठूलो झट्का लाग्यो । सन् २०१० को फाइनलमा स्पेनले नेदरल्याण्डलाई पराजित गरेको थियो तर, सोही नेदरल्याण्डले पहिलो खेदमा नै ५–१ गोलले हरायो । त्यसपछि दोस्रो खेलमा चिलीले २–० गोलले हराएको थियो भने तेस्रो खेलमा अस्ट्रेलियालाई ३–० गोलले पराजित गरे पनि अन्तिम १६ मा भने पुग्न सकेन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 2 hours ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 2 hours ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 2 hours ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।