Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएक महिनामा नौ हजारभन्दा बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन

एक महिनामा नौ हजारभन्दा बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन


एजेन्सी । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन् । खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो।

युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ। बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्युरोले फेब्रुअरीमा मात्रै ७६ हजार ५०० व्यक्तिले ईयुमा शरणका लागि आवेदन बुझाएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

उपलब्ध तथ्याङ्कका आधारमा गत वर्षको फेब्रुअरीमा शरणका लागि आवेदन दिनेको प्रारम्भिक सङ्ख्या ५४,३७० रहेको थियो ।

तथ्याङ्क अनुसार सिरियाली र अफगानिस्तानहरू पछिल्ला वर्षहरूमा इयु सदस्य राष्ट्रहरूमा शरण खोज्नेहरूको सबैभन्दा ठूलो समूह हो।

त्यसैगरी शरण आवेदनको ७७ प्रतिशत स्पेनमामा मात्र केन्द्रित छ भने

जर्मनी, फ्रान्स र इटाली क्रमशः परेका रोजाइमा छन् । खामा प्रेसका अनुसार जर्मनीले मात्रै फेब्रुअरीमा २५,००० भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ ।

युरोपेली सङ्घको तथ्याङ्कअनुसार नयाँ शरणार्थीहरूमध्ये २,७४५ अभिबाबक विहीन नाबालिग छन् भने १,०२५ अफगान नागरिक छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT