अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

Norvic Hospital
प्रतिकात्मक तस्बिर

एजेन्सी । अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ ।  उनको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । 

 

सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए ।

  

उनले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका हुन्। 

 

देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिएका थिए ।  

 

आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उनले बताए । उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।

 

आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए। उहाँ लामो समयदेखि सार्वजनिक हुनु भएको थिएन । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए । 

 

फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनी उच्च सम्मानित थिए।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 13 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 22 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 39 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।