पाकिस्तानी तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

Norvic Hospital

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । 

 

अफगानिस्तानको कुन्नर प्रान्तमा हवाइ कारबाहीमा उनी मारिएको अफगानिस्तानी रक्षा मन्त्रालयका प्रवक्ता जनरल मोहम्मद रदमानीशले शुक्रबार जानकारी दिए । 

रदमानीशले सिन्ह्वालाई टेलिफोनमा भने, “पछिल्लो एक गोप्य सूचनाका आधारमा अफगानिस्तानको कुनार प्रान्तमा पर्ने मारावारा जिल्लामा तालिवान विरुद्ध एउटा हवाई आक्रमण भएको थियो । 

 

सो आक्रमण स्थानीय समय अनुसार बिहीबार राती २।३० बजे भएको थियो ।” उनले थपे, “आक्रमणमा परी मारिने नेता तार्हिक ए–तालिवान पाकिस्तानका प्रमुख नेता रहेका छन् ।” 

 

उनले घटनामा परी लडाकूहरु तर्फ अरु पनि कोही मारिएको वा नमारिएको बारेमा भने केही बताएनन् । फाज्लुल्लाह मारिएको र उनको सवारी साधन पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रवक्ताको भनाई छ । 

 

पाकिस्तानी अधिकारीहरुका नुसार मारिएका फाज्लुल्लाह पाकिस्तानमा अत्यधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् । 

 

प्रवक्ता रदमानीशले धेरै विवरण नवताई छोटकरीमा भन्नुभयो, “मुल्लाह फाज्लुल्लाह बिहीबार नै मारिएका हुन्, म त्यही पुष्टी गर्दछु ।”

 

सैन्य अधिकारीहरुले दिएको यस विवरणका बारेमा तालिवानको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 10 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 11 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 11 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।