कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै काभ्रेपलाञ्चोकमा शव व्यवस्थापनमा चुनौती

  • शुक्रबार, ७ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
file photo

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ । 

 

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडौँ पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो । 

 

सङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो । “पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ”, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । उनका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ । 

 

यसैबीच, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका विद्यार्थीले कोरोना सङ्क्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन् । रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए । कात्तिक महिनाभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)ले आर्थिक सहयोग गरेको छ । 

 

काभ्रेपलाञ्चोकमा बिहीबारसम्म ५२५ महिलासहित एक हजार ३७१ मा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८८७ सङ्क्रमणमुक्त भएको पोष्टले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।