छुरा प्रहार गरी बेलायती सांसदको हत्या

Norvic Hospital
  • शनिबार, ३० असोज, २०७८
  • 1 month ago
  • युके

लन्डन । बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या गरिएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । 

 

गम्भीर अवस्थामा अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

 

प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसद अमेसमाथि आक्रमण भएको हो ।

 

हमलाकारीको उमेर २५ वर्ष बताइएको छ । उनले किन सांसदमाथि हमला गरे भन्नेबारे खुल्न सकेको छैन । अमेस करिब चार दशकदेखि सांसद थिए । अमेस ३८ वर्षसम्म सांसद रहेका थिए । तर उनी कहिल्यै मन्त्री बनेनन् । 

 

को हुन् अमेस ?

- सत्तारुढ पार्टीका सबैभन्दा लामो समयसम्म सांसद रहे

- सन् १९८३ मा मार्गरेट थेचरको समयमा पहिलो पटक सांसद बने

- दक्षिणपन्थी र परम्परावादी सांसदको रुपमा परिचित थिए 

- उनका श्रीमती बाहेक परिवारमा ५ छोराछोरी छन् 

- उनकी एक छोरी चर्चित मोडल हुन्  

- ४ दशक सांसद रहेर पनि मन्त्री बनेनन् 

- २०१५ मा नाइटहुडको उपाधि प्राप्त गरे, नामको अगाडी सर लेखियो

- अन्तिम चुनाव १४ हजार मतान्तरले जितेका थिए 

 

समाचार लिंक 

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 2 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 2 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 3 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।