शुभसाइतको प्रतीक फूलपाती भित्र्याउँदै सुरु भयो दशैँको चहलपहल

काठमाडौं । नेपालीको महान चाड बडादशैँको आज सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज  शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याइन्छ । 

 

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  

 

“केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उनले भने । 

 

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने  धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए ।

 

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । 

 

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

 

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ । 

 

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

 

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ । 

 

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

 

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन भने विगतका वर्षमा जस्तो त्यती चहलपहल देख्न सकिँदैन । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

  • 3 minutes ago
दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

  • 10 minutes ago
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत को

पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

  • 21 minutes ago
पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

एजेन्सी । रूसी मिडिया प्रोइक्टले एक रिपोर्टमा दाबी गर्दै भनेको कि रूसका राष्ट्रपति भ्लाद्मीर पुटिनको एक महिला सफाई कर्मचारीसँग सम्बन्ध रहेको थियो ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।