दशैँमा व्यापारीहरुको पिडाः हिँड्ने बढे, किन्ने बढेनन्
- बिहीबार, ६ कार्तिक, २०७७
- 4 months ago
- अर्थ

काठमाडौँ । मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् । कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनैलाग्दा उपत्यकाका अघिल्लो महिनाको तुलनामा व्यापारिक चहलपहल केही बढे पनि सोचेअनुसारका उपभोक्ता बजारमा पुग्न सकेका छैनन् ।
व्यवसायीका अनुसार आधाभन्दा बढी व्यापारमा मन्दी आएको दुखेसो गर्छन् । “कोरोनाका कारण धेरै मानिस उपत्यका भित्रिन सकेका छैनन्, आएकाहरु पनि सकेसम्म बजार जान खोज्दैनन्, असनका मसला व्यापारी लोकेश लामाले भने, “बाध्यताले बजार आउने न्यून छन् ।”
काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड यहाँको मुख्य व्यापारिक केन्द्र हो । कात्तिक लागेपछि व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । त्यसैले अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । तर खरिद बिक्री भने कम रहेको स्वयं व्यापारीको भनाइ छ । “बजारमा हिँड्ने मान्छे त बढे तर किन्ने बढेनन्”, लामाले थपे ।
व्यापारिक क्षेत्रमा सम्भावित घटना हुन नदिन आवश्यक मात्रामा सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । आवश्यक सुरक्षा योजनासमेत लागू गरिएको छ । सुरक्षा मापदण्ड प्रयोग गरेर आउँदा सामान खरिद बिक्रीमा समस्या नरहेको प्रहरीले जनाएको छ, तर पनि चहलपहल कम नै छ ।
उपत्यकाको सडकमा समेत मानिसको आवागमन निकै कम देखिएको छ । सवारीहरु जोरबिजोर प्रणालीमा प्रयोग गरिएकाले धेरै बाक्लो छैन । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । भीडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो ।
नेपालमा गत माघदेखि कोभिड–१९ देखिएको थियो । चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिएको थियो । जसका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि पर्न गएको छ । यद्यपि सरकारले व्यवसाय चलायमान बनाउन आवश्यक सुरक्षा मापदण्डको प्रयोग गरी गतिविधि खुला गरेको छ । अझ धेरै चहलपहल हुने सिनेमाहलजस्ता व्यापारिक केन्द्र खुलेका छैनन् ।
मछेन्द्रबहालका अर्का व्यवसायी विवेक तिमिल्सिना कात्तिक लागेपछि केही चहलपहल भएको तर सोचेअनुसारको व्यापार नरहेको प्रतिक्रिया दिन्छन् । व्यापारीहरु भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् । यसपटक इतिहासकै व्यापारिक मन्दी भएको उनीहरुको बुझाइ छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले
- 3 minutes ago

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।
सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो
- 12 minutes ago

सिमकोट । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० ग
'सरकारको नेतृत्व परिवर्तन हुँदैन'
- 16 minutes ago

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।