विश्वको सबैभन्दा डरलाग्दो जंगल, जहाँ पुग्नेबित्तिकै मानिस हुन्छ गायब !

Norvic Hospital

एजेन्सी । विश्वमा अनेक प्रकारका ठाउँहरु हुन्छन् जसका आफ्नै विशेषता छन् । कुनै ठाउँमा पुग्दा मानिसलाई शान्ति तथा मन प्रफुल्ल हुने गर्दछ । तर विश्वमा यस्ता कैयौं ठाउँहरु पनि रहेका छन् जहाँ मानिसहरु जान डराउँछन् । 

 

रोमानियामा यस्तै एक ठाउँ रहेको छ जहाँ कैयौं घटनाहरु घटिरहन्छन् र मानिस त्यस स्थानमा जान डराउने गर्छन् । ट्रान्सल्वेनिया प्रान्तमा रहेको यस स्थानको बारेमा थप चर्चा गरौं । ‘होया वस्यु’ जसलाई विश्वको सबैभन्दा डरलागदो जंगलको रुपमा चिनिन्छ । यहाँ घट्ने रहस्यमयी घटनाहरुको कारण यस ठाउँलाई ‘रोमानिया अथवा ट्रान्सल्वेनियाको बरमुडा ट्रायंगल’ भन्ने गरिन्छ । 

 

यो कुख्यात जंगल क्लुज काउन्टीमा अवस्थित छ जुन क्लुज–नेपोका शहरको पश्चिममा रहेको छ । यो जंगल लगभग ७ सय एकडमा फैलिएको छ र मान्ने गरिन्छ की यहाँ सयौँ मानिसहरु बेपत्ता भएका छन् । यस जंगलमा रुखहरु बाङ्गा–टिङ्गा र मोडिएका देखिन्छन् जुन रातमा नभई दिनमा पनि भयानक देखिन्छन् । यस स्थानका मानिसहरु यो जंगललाई भुतप्रेतसँग जोडेर पनि हेर्दछन् । 

 

यसका अलावा मान्ने गरिन्छ यहाँ कैयौं मानिसहरु रस्यमयी तरिकाले गायब भएका छन् । यस जंगललाई लिएर पहिलो पटक मानिसहरु अचम्ममा परेका थिए की जब एक गोठालो बेपत्ता भएको थियो । प्राचिन किम्वदन्तीका अनुसार त्यो मानिस जंगलमा पस्ने बित्तिकै रहस्यमयी रुपमा गायब भएको थियो । अचम्मको कुरा त्यो गोठालो २०० भेँडा लिएर जंगल पसेको थियो । 

 

केही वर्ष पहिले एक सैन्य प्राविधिकले यस जंगलमा किचकन्या देखेको जिकिर गरेका थिए । यसको अलावा सन् १९६८ मा पनि एमिल बरनिया नामका एक व्यक्तिले यस जंगलमा अलौकिक शरीर देखेको बताएका थिए । यहाँ घुम्न आउने पर्यटकहरुले पनि यस्तै थुप्रै अनौठा तथयहरु फेला पारेका थिए । 

 

किम्बदन्ती अनुसार सन् १८७० मा यहाँको नजिकै रहेको गाउँमा बस्ने एक किसानकी छोरी गल्तीले यस जंगलमा पसिन् र त्यसको केही समयमा नै उनी गायब भइन् । मानिसहरु अचम्ममा तब परे जब ती हराएकी महिला ठीक ५ वर्षपछि जंगलबाट फिर्ता आइन् तर उनले आफ्नो होस गुमाइसकेकी थिइन् । केही समय पछि ती महिलाको मृत्यु भयो । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 3 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 3 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 4 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।