विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।

 

आज यसै सन्दर्भमा एक रहस्यमयी स्थानको बारेमा चर्चा गरौं जहाँ कोही जाने-आउने गर्दैनन् । खासगरी १०० वर्षभन्दा पहिले उक्त स्थानमा मानिसहरु बस्ने गर्थे । पछि त्यस ठाउँमा यस्तो घटना घट्यो जसकारण त्यहाँ कोही जान मान्दैनन् । यो ठाउँ फ्रान्सको उत्तर-पूर्वी इलाकामा रहेको छ ।

 

यहाँ मानिस नजानुको कारण एक खतरनाक कहानी प्रचलित रहेको छ । यस ठाउँको नाम 'जोन रोग' रहेको छ । यस स्थानमा धेरै ठाउँमा डेन्जर जोन लेखिएको बोर्ड लगाइएको छ । यदि कोही मानिस यस ठाउँको नजिक पुगेमा त्यहाँबाट फर्किनका लागि उक्त बोर्ड लगाइएको बताइन्छ । यस स्थानलाई 'रेड जोन'को नामबाट पनि चिनिन्छ ।

 

प्रथम विश्वयुद्ध भन्दा पहिले यस ठाउँमा ९ वटा गाउँ रहेको बताइन्छ । जसमा मानिसहरु कृषि तथा पशुपालन गरेर गुजारा गर्थे । तर विश्व युद्धको समयमा यहाँ बम-गोला प्रहार भई तहसनहस हुन पुग्यो । कैयौं मानिसहरुले ज्यान गुमाए । यस पूरा इलाकामा भारी मात्रामा केमिकलयुक्त युद्ध सामग्री फैलिएको छ ।

 

जसकारण त्यहाँको जमिन विषालु हुन पुग्यो । यतिमात्र नभई त्यहाँको पानीमा पनि ज्यान जाने तत्व मिश्रित भयो । यो क्षेत्र निकै ठूलो भएको र यस इलाकाको जमिन र पानीलाई केमिकलमुक्त बनाउन सम्भव रहेन । यसकारण फ्रान्स सरकारले त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगायो ।

 

सन् २००४ मा यहाँको माटो र पानी परीक्षण गरिएको थियो जसमा भारी मात्रामा आर्सेनिक पाइयो । आर्सेनिक यस्तो विषालु पदार्थ हो जुन मानिसले सेवन गर्न पुगेमा क्षणभरमै मृत्यु हुन्छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

  • 1 hour ago
हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव लिएर आउन चुनौति दिएका छन् । ओली समूहको सचिवालय सद

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

  • 2 hours ago
गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार

शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

  • 2 hours ago
शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९४४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।