शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

  • सोमबार, १० कार्तिक, २०७७
  • 1 month ago
  • अर्थ

दाङ । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन् । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका छन् । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए । “पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान बगरमा परिणत भयो”, उनले भने, “बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्याजसायिक केरा खेती गर्न थालेको छु ।” 

 

वार्षिक रु तीन लाख ६० हजार भाडा दिने सम्झौता गरी उक्त जग्गाामा ‘जी नाइन, वैलिएम हाईब्रेड र हरि साल’ जात लगायतकाका १५ हजार केराका बिरुवा रोपेको उहाँको भनाइ छ । तीन वर्षदेखि व्यावसायिक केरा खेती शुरु गरेका भुषालले पहिलो सिजनमै रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए। 

 

एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन् । उनले दोस्रो सिजनमा करिब रु सात लाख आम्दानी गर्ने योजना बनाएका छन् । अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उनको भनाइ छ । हाल उत्पादन भएका केराहरु लमही बजारमै खपत हुने गरेको उनले बताए । 

 

प्राय फुटकर व्यवसाय गर्ने मानिसहरु फार्ममै पुगेर केरा लैजाने गरेका छन् । उनले केरा खेतीलाई अझै फराकिलो बनाउने सोचमा रहेको बताए । “अहिले १२ बिघामा केरा खेती छ, तर यतिले मात्रै पुग्दैन”, उनले भने, “यसलाई बढाएर करिब ३० बिघा बनाउने योजनामा छु ।” केरा खेतीका लागि मल आवश्यक हुने भएकाले अब केरा खेतीसँगै भैँसी र बाख्रा पालन गर्ने योजना बनाएको समेत उनले बताए। 

 

बाख्राका लागि खोरसमेत तयार पारिसकेको भन्दै कृषि फार्मका लागि रु २५ लाख लगानी भइसकेको उनको भनाइ छ । भुषालले अहिले प्रदेश सरकारबाट अनुदानका लागि प्रक्रिया अगाडि बढाएको बताए ।  कृषि ज्ञान केन्द्र दाङले भने रु चार लाख अनुदान दिइसकेको छ । 

 

भुषालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गराएका थिए । त्यसपछि दुई वर्ष निजी विद्यालयमा पनि अध्यापन गराएका उनले शिक्षक पेशाभन्दा पनि कृषि पेशामा सम्भावना देखेपछि उक्त पेशा रोजेका हुन् ।

 

उनले केरा खेतीको रेखदेखका लागि एक जनालाई रोजगारी समेत दिएका छन् । अन्य खेती जस्तै केरा खेतीमा पनि निकै मेहनत गर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार वर्षमा दुई पटक मल दिनु पर्ने र केराको बोटलाई सफाइ गरिरहनु पर्ने हुन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 21 minutes ago
नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

  • 26 minutes ago
नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

  • 36 minutes ago
नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।