रु २५ लाखसहित हुण्डी कारोवारी पक्राउ

  • मंगलबार, ११ फागुन, २०७७
  • 1 week ago
  • नेपाल
सांकेतिक तस्बिर

महोत्तरी । दुई हुण्डी कारोवारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

 

निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताए । पक्राउ परेको रकमसहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।  हुण्डी कारोवारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

  • 1 minute ago
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

  • 1 minute ago
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप

जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

  • 10 minutes ago
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।