पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
- शनिबार, १४ माघ, २०७९
- 1 month ago
- साहित्य

काठमाडौँ । पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ ।
शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गरेका हुन् ।
स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै खुसी रहन प्रेरित गर्ने बालक र अभिभावको हृदय बुझ्ने मनोविज्ञानसम्बन्धी सन्देश प्रवाह गर्न खोजेका छन् ।
कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ ।
प्रत्येक घरका अभिभावकले बालबालिकालाई संस्कारयुक्त मनोवैज्ञानिक शिक्षा दिन जरुरी रहेको बताउँदै कार्यक्रमका सहभागी वक्ताले अहिलेको शिक्षा किताबमा सीमित नभई सूचना, प्रविधि, धर्म र संस्कारको मिश्रण भएको विषय पुस्तकमा समावेश रहेको बताए ।
उक्त अवसरमा प्राडा कोइरालाले बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आप्mनो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताए ।
महासचिव सुवेदीले पुस्तक आत्म निरीक्षणका लागि ऐना भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले पढ्नै पर्ने ज्ञान पुञ्जका रुपमा रहेको बताउनुभयो । शिक्षिका मञ्जु भट्टराईले संस्कार सिकाइको पहिलो पाठशाला घर भएकाले शिक्षामा संस्कारलाई अनिवार्य जोड्न आवश्यक रहेको बताए ।
पुस्तकमार्फत् ‘गते’ र ‘बार’का विभिन्न शीर्षकमा स्रष्टाले घरः संस्कारको जग, महामारीमा नयाँ यात्रा रचनात्मक सिकाइजस्ता विषयमा घर, परिवार, समाज र देशलाई अनुभवमा आधारित शिक्षा प्रदान गर्ने तरिकाबारे ज्ञान दिलाउन खोजिएको छ ।
किताबको अध्ययनभन्दा सूचना र प्रविधिको ज्ञानले बालबालिका व्यक्तित्व विकास र प्रस्तुतिमा निखार ल्याउने मात्र नभई निडर र प्रखर तुल्याउने पुस्तकका पात्र हार्दिकताबाट समेत पुष्टि गरेको विषय उजागर गरिएको छ । रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ'
- 34 seconds ago
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।
उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
- 7 minutes ago

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
- 8 minutes ago

काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन् ।
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।