नेकपा ‘दाहाल–नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ । 

 

प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न चरणको आन्दोलन गर्दै आएको दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आज (आइतबार) स्थायी कमिटीको बैठक बोलाएको हो ।

 

आजको स्थायी कमिटी बैठक साढे बाह्र बजे बैठक बस्ने बताइएको छ । त्यसोत, हिजो (शनिबार) मात्रै पनि केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । 

 

आज थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने बताइएको छ । 

 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको ३ दिने स्पष्टिकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्थालगायतका विषयमा पनि छलफल हुने तयारी छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो

  • 7 hours ago
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

  • 8 hours ago
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासक

उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

  • 8 hours ago
उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।