दादबाट यसरी जोगिनुपर्छ

Norvic Hospital
सांकेतिक तस्बिर

लक्षणः

– आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन । 

 

– फंगल इन्फेक्शन औंलाको बीच भागमा, काखी, कपाल, महिलाका स्तनमुनी अर्थात् अफ्ठ्यारो अंगमा देखिने गर्छ । फंगस जसलाई ढुसी पनि भनिन्छ । यस्तो जीवाणुले जीवित तथा निर्जिब वस्तुको शरीरलाई संक्रमण गरेर नष्ट बनाइदिन्छ । 

 

– छालामा चिलाउने फोका उठ्ने दादलाई एग्जिमा भनिन्छ । यो तीन किसिमको हुन्छ, एप्टिचयुड, सब एप्टिच्युड र क्रोणिक । 

 

– दाद आएपछि फोका उठ्ने, चिलाउने, छाला निस्कने, छाला बाक्लो हुने, कालो हुने कत्ला निस्कने र कन्याउँदा घाउ भई इन्फेक्शन हुने गर्छ ।

 

– यो सबै उमेर समूहका मानिसमा देखापर्छ । विशेषगरी दुई वर्षमुनिका बालबालिका यस समस्याबाट पीडित हुन्छन् ।

 

रोकथामः

– यो एक किसिमको एलर्जी भएकाले छालामा असर पार्ने पदार्थबाट टाढा रहनुपर्छ । 

 

– सरसफाईमा विशेष ध्यान दिनुपर्छ । तेल मोस्चराइजरको प्रयोग गरि छाला नरम राख्ने गर्नुपर्छ ।

 

– छालामा एलर्जी हुनबाट बचाउन सकेसम्म सुतीको कपडा प्रयोग गर्नु उचित मानिन्छ । 

 

– छुँदा, कन्याउँदा अर्को ठाउँमा फैलिने गर्छ । त्यस्तै एक– अर्काले प्रयोग गरेका तौलिया, साबुन फोन, रिमोट आदि वस्तुको सम्पर्कबाट पनि दाद सर्ने सम्भावना हुन्छ । 

 

– बन्द कोठामा बस्दासमेत दादको समस्या देखिने भएकाले कोठा खुल्ला राख्नुपर्छ । यस्तै कडा साबुनको प्रयोग नगर्ने, मक्र्युरी बस्तुको प्रयोग नगर्ने, बच्चालाई प्राकृतिक वातवरणमा मात्र खेल्न दिनुपर्छ ।

 

उपचारः

दाद फैलिन नदिन चिकित्सककको सल्लाहमा छाला नचिलाउने औषधिको प्रयोग गर्न सकिन्छ । एन्टिस्टामिन, एन्टिएलर्जिक मल्हम, लोसन, क्रिम आदि औषधिबाट अवस्था हेरि उपचार गर्न सकिन्छ ।

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 4 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 4 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 4 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।