नेपाल र अमेरिकाबीचको खेल ‘टाई’, दुबै टिमले एक–एक अंक बाँडे
- आइतबार, २९ जेष्ठ, २०७९
- 2 months ago
- खेल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल टाई भएको छ ।
जितको लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो ।
अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो । तर, आदिल अन्सारीले पाँच रन खर्चिदै खेल टाई गराए । योसँगै दुबै टोलीले खेलमा एक एक अंक बाँडेका छन् ।
अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ्स खेले । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक समेत हो । उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी बने ।
यस्तै, कप्तान मोनांक पटेल १ सय १५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए ।
नेपालका लागि ओडिआई डेब्यू गरेका आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका लागि रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले ।
यस्तै, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
अमेरिकाका रस्टी थेरनले ४ विकेट लिए भने सौरभ नेत्रवालकार र अली खानले २ विकेट लिए । यस्तै, निसर्ग पटेल र यासिर मोहम्मदले एक–एक विकेट लिए ।
लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेटवार्ता
- 1 minute ago

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान सभामुखको सरकारी निवास, लैनचौरमा सापकोटा र यान्छीबीच भेटवार्ता भएको हो। भेटवार्त
लुम्बिनीमा सत्ता गठबन्धनलाई अझै मजबुद बनाइने
- 3 minutes ago

लुम्बिनी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्त
ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी
- 11 minutes ago

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।