तास्मानियालाई अष्ट्रेलियाको अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायबीच सम्पन्न राज्य स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी तास्मानियाले जितेको छ । भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अष्ट्रेलिया खेलकुद समितीको सहसंयोजनमा मेलवर्न नजिकैको जिलोङ शहरमा भएको प्रतियोगिताको उपाधि तास्मानियाले जितेको हो ।

 

अष्ट्रेलियाका तीन राज्य भिक्टोरिया, तास्मानिया र न्यु साउथ वेल्स (एनएसडब्लु)को सहभागीता रहेको प्रतियोगितामा भिक्टोरियालाई पराजित गर्दै तास्मानिया विजयी भएको हो । लिग कम नकआउटका आधारमा सम्पन्न त्रिकोणत्मक प्रतियोगिता २० ओभरमा खेलाइएको थियो । तास्मानियाले न्यु साउथवेल्स र भिक्टोरियालाई हराउदै फाइनलको यात्रा तय गरेको थियो भने न्यु साउथवेल्सलाई हराउदै भिक्टोरियाले फाइनलको यात्रा तय गरेको थियो ।

 

फाइनलमा पहिला ब्याटिङ गर्दै तास्मािनयाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भिक्टोरियाले १७.४ ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको मात्रै जोड्न सकेको थियो । सो समयमा वर्षा भएसँगै तास्मानिया ‘डक वर्थ लुइस’का आधारमा विजयी भएको हो ।

 

प्रतियोगिताको म्यान अफ दी सीरिज तास्मािनयाका गोबिन्द कार्की घोषित भए । उत्कृष्ट ब्याट्सम्यान भिक्टोरिया नेप्लीज क्रिकेट संघका विकेस श्रेष्ठ, बेष्ट बलरको उपाधि तास्मािनयाका सुरज थापा घोषित भए । उनले दुइ खेलमा ६ विकेट लिएका थिए । वेष्ट किपरमा तास्मानियाका किरण पाण्डे घोषित भए ।

 

विजेतालाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र बितरण गरिएको थियो । एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल, एनआरएन आइसीसी सदस्य दुर्गा आचार्य, जन सम्पर्क समितीका अध्यक्ष बिनित शर्मा, बिनोद लामा, प्रकाश थापा, एनआरएन खेलुकद विभागका सह संयोजक यशवन्त सुबेदी,भिक्टोरिया क्रिकेट संघका अध्यक्ष सुजित बस्नेत, जिलोङ नेप्लीज एशोसिएसनका अध्यक्ष निरज कारंजित जिलोङ नेपाली समाजका अगुवा सन्तोष पाण्डेले खेलाडीहरुलाई नगद पुरस्कार तथा पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 5 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।