अष्ट्रेलियामा नेपाली समुदायबीच क्रिकेट प्रतियोगिता हुने

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायबीच राज्य स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भिक्टोरिया नेप्लिज क्रिकेट संघको आयोजना तथा एनआरएन अष्ट्रेलिया खेलकुद विभागको समन्वयमा अन्तर राज्य त्रिकोणात्मक क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

 

आउँदो अप्रिल १० र ११ मा हुन लागेको प्रतियोगिता मेलवर्न नजिकै जिलोङमा आयोजना हुने भएको छ । प्रतियोगितामा न्यु साउथ वेल्स तास्मानिया र भिक्टोरियाको टिमको सहभागिता रहनेछ ।

 

न्यु साउथ वेल्सबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका नविन गुरूङ, तास्मानियाबाट पूर्व राष्ट्रिय टोलीका तेज बलर अमृत भट्टराई, उमेर समूहबाट प्रतिनिधित्व गरेका गोविन्द कार्की र भिक्टोरियाबाट राष्ट्रिय प्रतियोगिता खेलेका कुशल तुलाधरले प्रतिनिधित्व गर्दैछन् ।

 

लिग कम फाइनलको आधारमा दुई दिनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन रहेको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

  • 2 minutes ago
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 12 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा

ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने

  • 12 minutes ago
ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको बारेमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । बिहीबार पनि नक्सालस्थित मेरियट होटेल



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।