नेपाल पक्षका सांसदहरुलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई माफी दिने बताएका छन् ।

 

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो बाटो बिराएर हिड्नेहरुलाई आम माफी दिने घोषणा गरेका हुन् ।

 

‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’ ओलीले भने, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’

 

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने ओली पक्षका तथा नेपाल पक्षका सांसदहरुलाई बुधबास बसेको एमालेको केन्द्रीय कमिटी बैठकदे २४ घन्टे स्पष्टीकरण सोधेको थियो । तर, त्यसको भोलिपल्ट ओलीले आममाफीको घोषणा गरेका हुन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

  • 5 minutes ago
सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

काठमाडौँ । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई नेकपा एमालेले गरेको कारबाही सदर गरेको छ ।

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 25 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 27 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।