बेलायतमा कोरोना संक्रमण झन् बढ्यो

Norvic Hospital
  • मंगलबार, २ कार्तिक, २०७८
  • 1 month ago
  • युके

लण्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।

 

बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

 

यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् ।यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

 

महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 2 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 2 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 2 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।