चाडपर्व आउँदै, निषेधाज्ञा हटाउँदै, कोरोना फैलाउँदै

साउन महिना लागेसँगै चाडपर्वहरुको ओइरो लागेको छ । कहिले साउने व्रत त कहिले गाईजात्रा । जुन चाड आएपनि यस्तो कोरोना कहरबीच भीडभाड भन्दा अरु केही छैन् । गाईजात्रा मनाउने क्रममा भक्तपुर दरबार स्क्वायर वरिपरि कत्रो भीड देखियो । कोरोनाको जोखिम बढेकोले भक्तपुरको प्रजिअले भीड नगरी मनाउन आग्रह गर्यो । तर, प्रजिअकै कमीकमजोरीको कारणले गर्दा हजारौं सर्वसाधारण स्वास्थ्य मापदण्डको पालना नगरि गाईजात्रा मनाउनको लागि जम्मा भए ।

 

त्यस्तै साउन महिनामा महिला ब्रतालुहरुको भीड पशुपतिनाथ मन्दिरमा उत्तिकै देखियो । स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै ब्रतालुहरु पशुपतिनाथमा जम्मा भएका थिए । नेपालमा साउन महिना लागेसँगै चाडपर्वको आगमन सुरु हुन्छ ।

 

चाडपर्व लागेसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने पनि यत्तिकै हुन्छन् । स्वास्थ्य मापदण्ड पालना नभएसँगै कोभिडको नँया भेरियन्ट देखापर्छ । धमाधम चाडपर्व आइरहेको छन् । चाडपर्वसँगै संक्रमण दर बढ्न सक्ने अवस्था पनि देखिएको छ । देशभर कति जिल्लामा अझै पनि निषेधाज्ञा जारी नै छ । उपत्यकामा सिडियो कार्यालय निषेधाज्ञा जारी नै छ भन्दै सूचना निकालेको छ । तर, कसैले टेरेको भने होइन् ।

 

सबैभन्दा बढी कोरोना संक्रमित उपत्यकाका तीन जिल्लाका सर्वसाधारणलाई देखिएको छ । देशभरको सक्रिय संक्रमित मध्ये उपत्यकामा मात्र झन्डै एकतिहाइ रहेको छ । उपत्यकामा लगाएको निषेधाज्ञा नाममा मात्र बाँकी रहेको छ । जहाँ हेप्यो मानिसहरुको भीड यत्तिकै छ । मुखमा मास्क छैन् । सामाजिक दूरीको पालना गरिएको छैन् । हवाईजहाजदेखि लिएर बाटोमा गुड्ने सवारी साधनले समेत स्वास्थ्य मापदण्ड पालना गरेको छैन् ।

 

तैपनि अनुगमन कतै पनि गरेका छैनन् । निषेधाज्ञा झनै कडा गर्दै लानुपर्ने ठाँउमा कोरोना संक्रमण बढाउनको लागि सिडियोहरुले खुला छोडिदिएको छ । भोलि कोरोना संक्रमणको दर बढ्दै गयो भने यसको जिम्मा कसले लिन्छ ?

 

अस्पतालमा बेड नभएर भुँइमा राखेर उपचार गर्नुपर्ने दिन आँउछ । उपचार नपाएर कतिले कोरोनाकै कारण सार त्याग्नुपर्ने स्थिति आउँछ । त्यतिखेर राज्यले के गर्छ । एउटा नागरिक बनाउनको लागि सरकारको कति लगानी छ । एउटा नागरिक गुमाउँदा राज्यलाई कति घाटा हुन्छ । 

 

अस्पतालमा हेप्यो सर्वसाधारणको चाप यत्तिकै छ । खोप लाउने ठाँउमा पनि मानिसहरुको घुइँचो छ । यातायात कार्यालय, मालपोत, बैंकफाइनेन्स, होटलहरुमा पनि मानिसहरु भीड उत्तिकै देखिन्छ । देशकै जेठो अस्पतालल भनेर चिनिने वीर अस्पतालमा सेवाग्राहीको भीडले गर्दा खुट्टा टेक्ने ठाँउ छैन् । 

 

को कोरोनाको बिरामी, को अरु कुनै रोगी भनेर चिन्नै मुश्किल छ । सबैजना एकैठाँउमा कुनै सभामा भेला भएर बसेजस्तो देखिन्छ । देशकै जेठो अस्पताल वीरमा त कोरोनाको पीर छ भने अरु अस्पतालको हालबारे सोचौं । 

 

वीर अस्पतालको टिकट काट्नेहरुको अव्यस्थित लाइनले कतिको मनस्थितिमा कोरोना हराइसकेको हो र ? भन्ने प्रश्न पैदा हुन्छ । 

 

सरकारको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने वीर अस्पतालमा कोरोनालाई लिएर चरम लापरबाही गरिएको स्पष्ट देखिन्छ । वीर अस्पतालमै मात्र होइन् । सिभिल अस्पताल तथा अन्य सरकारी र निजी अस्पतालमा सेवाग्राहीहरुको भीडभाड उत्तिकै देखिन्छ । 

 

कोरोनाको कारण दिनहुजसो मृत्यु हुनेको दर बढ्दो छ । यसरी दैनिक कोरोनाको कारण मानिसहरुले ज्यान गुमाउदा राज्यले निकै ठूलो क्षति पुप्याउनुपरेको छ । एउटा नेपाली आमाको कोखबाट बच्चा जन्मिन्छ । त्यो बच्चा हुर्काउनलाई उसको परिवारको कति लगानी भएको हुन्छ । 

 

परिवारको मात्र नभएर राज्यको पनि लगानी हुन्छ । ऊ ठूलो हृन्छ । राज्य र आफ्नो परिवारको लागि केही गर्छ भन्ने आशा बोकेको धेरै हून्छन् । तर कोरोनासँगै उसको परिवारले पनि त्यो आश गुमाउनुपर्छ । राज्यलाई कर तिर्ने एउटा नागरिकमा कमी हुन्छ । 

 

फेरि अर्को जन्मेको बच्चाबाट कर पाउन त राज्यले बर्षो कुर्नुपर्ने हुन्छ । कोरोना लागेको एउटा व्यक्ति उपचार गर्न राज्यको ढुकुटीबाट कति राजश्व खर्च भएको छ । एउटा नागरिकको उपचारमा राज्यले कति लगानी गर्नुपरेको छ । किन कि राज्यको सबैभन्दा प्रथम दायित्व भनेको आफ्नो देशको जनताको बाच्ने अधिकार सुनिश्चित गर्नु हो । 

 

राजनितिक दलहरुलाई त कोरोना आएको दशै आएजत्तिकै भएको छ । सभा, भेला, पुजापाठ, संस्था खोल्दै हिडेको छन् । विश्वभर कोरोना फैलिएको छ । सबै राष्ट्रले आफ्नो देशको नागरिक बचाउन विभिन्न स्वास्थ्य मापदण्ड अप्नाएको छन् । नेपालका नेताहरु कार्यक्रम भ्रमण गर्दै ताली बजाउदै हिडेको छन् । 

 

स्वास्थ्य मापदण्ड पालना नगर्नेमा सर्वप्रथम नेताहरुलाई नै लिनुपर्छ । यसको सिधा अवसरचाँहि व्यापारीहरुले लिएको छन् । नेताहरुले जे गरेपनि केही नहुने रहेछ । उनीहरुले भीडभाड गर्दा पनि कोरोना नफैलिने । कोरोनाले पनि नेता र व्यापारी चिन्दो रैछ ।

 

व्यापारीहरुले पनि सरकारले बनाएको स्वास्थ्य मापदण्ड बेवास्ता गरेको छन् । हुन त ठूलोले जे गर्छन् सानाले त्यसकै सिखो गर्छन् । सरकारी कर्मचारीहरुलाई तलबभत्ता र कमिशनभन्दा अरु केही पनि चाहिदैन् । जनता मरुन् कि बाँचुन् सरकारी कर्मचारीलाई केही मतलब नै छैनन। कोरोनाको कारणले सरकारी कर्मचारी मालामाल भएका छन् । काम नै नगरि तलबभत्ता पनि पाए । सरकारी कर्मचारीलाई त कोरोना दशै मनाए जत्तिकै भयो । 

 

२०७८ साउन २७ गतेबाट २०७८ भदौ ५ गतेसम्म राति ८ बजेपछि बिहान ६ बजेसम्म सार्वजनिक र निजी गाडीहरु चल्नमा प्रतिबन्ध लगाइएको थियो ।  यो निर्णयले पनि कोरोना केही हदसम्म कम गर्न निकै मद्दत पुप्याएको थियो । किनभने राति ८ बज्नुभन्दा अगाडि नै सबै आफ्नो घर पुगिसक्थे । रेष्टुरेन्ट, होटलहरु ७ बजे नै बन्द भइसक्थे । जसको कारणले सरकारलाई पनि कोरोना नियन्त्रणमा केही मद्दत पुगेको थियो । 

 

राति ८ बजेपछि गाडी चल्नमा प्रतिबन्ध लगाएको समयमा स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना चार्टमा पनि कोरोना संक्रमितको दरमा कमी आएको थियो । बेलृका फुट्पाथमा हिड्नेहरुको संख्यामा पनि कमी आएको थियो । बाटोमा मानिसहरुको चहलपहलमा कमी आएको थियो । 

 

तर सरकारले राति गाडी गुड्न लगाएको प्रतिबन्ध हटाएसंगै कोरोना पनि पहिल्यै कै स्थितिमा आएको छ । मानिसको भीड पनि उत्तिकै बढेको छ । मानिसहरुले कोरोना हराइसकेको जस्तो व्यवहार गरेको छन् । यसले झन् भयानक रुप देखाउने भनाइ विज्ञहरुको छ ।

 

केही दिनयता उपत्यकामा सक्रिय संक्रमितको दरमा उकालो लागेको छ । काठमाडौँमा दैनिक चार, पाँच सयको हाराहारीमा कोरोना संक्रमितको संख्या थपिरहेको छ । सक्रिय संक्रमित घट्नुपर्ने ठाँउमा झन् बढिरहेको छ । तैपनि कोरोनाको वास्ता कसैले गरेको छैन् । कोरोना केही होइन् भन्दै मानिसहरु मग्नमस्त भएर बसेको छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

  • 7 minutes ago
निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

काठमाडौँ । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्

थप ११५८ जनामा कोरोना संक्रमण

  • 15 minutes ago
थप ११५८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ३ जनामा गरिएको परीक्षणमा ११५८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १२ जनाको मृत्यु

  • 17 minutes ago
कोरोनाका कारण थप १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म नेपालमा ११११५ जनाको मृत्यु भएको छ ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।