कोरोना संक्रमणबाट २ सय ६ जना नेपालीले ज्यान गुमाए

  • आइतबार, ११ साउन, २०७७
  • 2 weeks ago
  • युके
सांकेतिक फोटो

लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । 

 

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । 

 

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये  २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत  भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।  अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।  

 

 

संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।  

 

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।  


थप समाचार

गान्धी परिवारलाई भेटेपछि सचिन पायलटको मन परिवर्तन

  • 9 minutes ago
गान्धी परिवारलाई भेटेपछि सचिन पायलटको मन परिवर्तन

एजेन्सी । भारतीय काँग्रेस पार्टीभित्रको विवाद मत्थर हुने छनक देखिएको छ । राजस्थान सरकारका मुख्यमन्त्री अशोक गहलोत र सचिन पायलटबीचको विवादले पुरै पार्टीलाई समस्यामा पारेको थियो ।

पोखरामा थप चार जनामा कोरोना संक्रमण

  • 21 minutes ago
पोखरामा थप चार जनामा कोरोना संक्रमण

कास्की । पोखरा महानगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । वडा नम्बर ५ मा २ जना, वडा १७ र ३० मा १–१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

  • 31 minutes ago
अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण एकैदिन १९ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ । अष्ट्रेलियामामा थप ३५३ जना कोरोना संक्रमित थपिएका छन



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।