कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासंघ युकेको २३ लाख सहयोग

  • आइतबार, ४ साउन, २०७७
  • 2 months ago
  • युके

लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।

 

सहयोग गरिएको रकममध्ये २० लाख रुपियाँ अक्षय कोषमा राखिने छ भने ३ लाख रुपियाँ कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने छ ।

 

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालिन कोषमा यसअघि केन्द्रीय समितिले ३० लाख रुपियाँ जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा १ करोड रुपियाँ जम्मा गर्ने लक्ष्य लिएको छ ।

 

युके शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गरेको हो ।

 

यस्तै, शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो बैठकले शाखाले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

 

यसैगरी, महासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरेको छ ।

 

बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टले कोषको उद्देश्यको  बारेमा प्रष्ट पारेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै २,००० पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जनाए।  “रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो,ू उनले भने।

 

महासचिव बिष्टले आपत्कालीन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ युकेलाई हार्दिक धन्यवाद दिए। 

 

शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी र नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लीलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी, पूर्ण गुरुङ र डा. जगन कार्की, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु मञ्जु भण्डारी खरेल, खेमराज रानाभाट, बम सूर्यवंशीको उपस्थिति रहेको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 4 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 36 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 46 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।