कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?
- डा. रमेशकान्त अधिकारी
- बुधबार, १४ माघ, २०७७
- 1 year ago
- बिचार


स्वास्थ्यकर्मी र सरसफाइका साथीहरुलाई यो खोप लगाइँदै छ । यस विषयमा म केही जानकारी गराउन चाहान्छु । सर्वप्रथमत यो खोप सुरक्षित छ । यसबाट कुनै किसिमको हानिकारक प्रभावहरु हुनेछैनन् भन्ने कुरा अनुसन्धानहरुबाट सिद्ध भइसकेको छ । त्यसकारण निर्धक्क भएर यो खोपमा विश्वास गरेर लगाउनु हामी सबैको कर्तब्य हो । सर्वप्रथम हामी स्वास्थ्यकर्मीहरुबाट सुरु गर्दैछौं । किन स्वास्थ्यकर्मी भन्दा स्वास्थ्यकर्मीहरु संक्रमित व्यक्तिहरुको सम्पर्कमा आइराख्ने व्यक्ति हुनुहुन्छ ।
त्यसपछि प्रथामिकताका आधारमा ५५ वर्ष नाघेका व्यक्तिहरु, ४० वर्ष नाघेका र बिभिन्न दीर्घरोघ लागेका व्यक्तिहरुबाट बिस्तार गर्दै १८ वर्ष उमेर सम्मका व्यक्तिहरुमा यो खोप दिइन्छ । यो खोप किन १८ वर्ष भन्दा मुनीकारुहलाई दिइएन भने यो उमेरका व्यक्तिहरुमा यो खोपको अनुसन्धान भएको छैन ।
यो खोप लगाएर के हुन्छ त ! भन्ने एउटा मनमा छ, अरु बेला पनि कुनै पनि खोप लगाउँदा खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने वा हल्का ज्वरो आउने, अलिअलि रिङ्गटा लागेजस्तो हुने, वाकवाक आएजस्तो हुने, वान्ता हुने जस्ता समस्याहरु समान्य देखिनसक्छन् । तर, गम्भीर किसिमको स्वास्थ्य समस्या यसबाट हुँदैन ।
कसले लगाउन हुँदैन ?
जो मानिसलाई गम्भीर ज्वरो आइरहेको छ, कुनै व्यक्तिमा एलर्जी भएको वा पहिला पनि भएको छ, इन्जेक्सन दिँदा रगत धेरै आउनसक्ने व्यक्तिहरुले यो खोप लिनुहुँदैन । साथै यो खोप गर्भवती महिला र स्तनपान गराउने महिला वा कुनै महिलामा चाँडै नै गर्भवती हुने प्रयासमा हुनुहुन्छ, उहाँहरुले पनि यो खोप लिन उपयुक्त छैन । यो सुरक्षित नभएर नभई यी समूहमा खोपको प्रयोगको बारेमा अनुसन्धान नभएर नलिन भनिएको हो ।
यो खोप लगाएपछि पनि संक्रमणबाट बच्ने सतर्कताहरु कायमै राख्नुपर्छ । बारम्बार साबुनपानीले धुने, मास्क लगाउने, दुई मिटरको भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारहरुलाई कायम नै राख्नुपर्छ ।
नेपालमा बुधबारबाट पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानमा दिएको सिरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाको सहकार्यमा बनाएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा बुधबारबाट फ्रन्टलाइनर्स स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।
(खोप कार्यक्रमबारे राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले दिनुभएको सन्देश)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 31 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 1 hour ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।