विदेश जाने यात्रुले ‘लेभल ए’ प्रयोगशालाबाट मात्र कोरोना परीक्षण गर्नुपर्ने

  • आइतबार, ७ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । अब विदेश जाने यात्रुहरुले लेभल ए प्रयोगशालाबाट मात्र कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले दिएको निर्देशन अनुसार अब त्यस्ता यात्रुहरुले कोरोना परीक्षण ए लेभल प्रयोगशालाबाट मात्रै गर्नुपर्ने भएको हो । 

 

नक्कली कोरोना रिपोर्टको कारण नेपाल एयरलाइन्सलाई हङकङ तथा युएईमा प्रतिबन्ध लागेपछि थप सजक हुँदै सरकारले विदेश जान लागेका यात्रुहरुको पीसीआर परीक्षण गुणस्तरिय ल्याबबाट मात्रै गर्न भनेको हो ।

 

त्यस्तै, मन्त्रालयले कोरोना परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ । आईसीएसले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

  • 3 hours ago
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ

अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’

  • 3 hours ago
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म

आगोले नै निभायो आगो

  • 4 hours ago
आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।