कोरोनाको समयमा बेलायतस्थित नेपालीहरुले भोगेको अनुभवबारे अध्ययन हुँदै

  • शुक्रबार, ३ बैशाख, २०७८
  • 3 weeks ago
  • युके

लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले कोरोना सङ्क्रमणको बेला बेलायतमा बसोबास गरेका नेपालीहरूले भोगेका अनुभवहरूको अध्ययन गर्ने भएको छ । सिएनएस युकेले कोरोनाको समयमा नेपालीहरुले बच्न अपनाएका उपायहरू (कोपिङ स्ट्रयाटिजी)का बारेमा अध्ययन गर्न लागेको हो ।

 

अध्ययनमा बेलायतमा रहेका नेपालीहरूले कोरोनाबाट बच्न के कस्ता उपायहरू अपनाए भन्ने बारेमा मानवशास्त्रीय र समाजशास्त्रीय कोणबाट विस्तृत अध्ययन गरिने सेन्टरका निर्देशक लोकेन्द्रपुरुष ढकालको भनाई छ । कोरोनाले बेलायतस्थित नेपालीहरूलाई समेत असर गरिरहेको भन्दै यसको बारेमा अध्ययन गर्न लागेको हो ।

 

कोरोना महामारीका बेला त्यसको प्रभाव कम पार्न नेपाली समुदायले प्रयोग गरेका परम्परागत, घरेलु र आधुनिक सावधानीका उपाय तथा उपचार पद्वती, नेपाली समुदायमा प्रचलित घरेलु औषधिहरूको प्रयोग, साथीभाइ तथा आफन्तहरुसँगको सम्पर्क, खानपान तथा रहनसहनm योग तथा ध्यान, व्ययाम, मानसिक स्वास्थ्य, पारस्पारिक सहयोग सूचना, र सामाजिक सञ्जाल र प्रविधिको प्रयोग लगायतका विषयमा अनुभव, व्यावहार र धारणासम्बन्धी सूचना सङ्ककलन गरिन लागेको हो ।

 

सो अध्ययनको अनुसन्धानकर्तामा सिएनएस युकेका रिसर्च एसोसिएट नरेश खपाङ्गीमगर रहेका छन् भने सल्लाहकारहरूमा प्रोफेसर डा. पदम सिंखडा र अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी रहेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।