कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ हजार ६०० भन्दा बढी पुगेको छ । शुक्रबार हालसम्मकै उच्च २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । शुक्रबार जम्मा ११ हजार ४५८ स्वाब परीक्षण भएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

 

संक्रमितको संख्या एकैदिन २ हजारमाथि देखिँदा मानिसहरुमा थप त्रास उत्पन्न भएको छ । चीनको उहानबाट संक्रमण फैलन थालेपछि नेपालमा पनि हुने सम्भावित खतराको लागि तयार रहनुपर्ने सरकारले संक्रमितको संख्या साढे ६१ हजारभन्दा बढी भइसक्दा पनि नियन्त्रणको लागि उचित कदम चाल्न सकेको छैन । कोरोनाको संक्रमण फैलन नदिन तथा नियन्त्रण गर्नको लागि सरकारले चैत ११ गतेबाट ७९ दिनसम्म लकडाउनको घोषणा गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसिएमसी)को गठन पनि भयो । तर, लकडाउन गर्दै सीसिएमसीको बैठक बस्नुको पनि औचित्य समाप्त भयो । सो समयमा आर्थिक गतिबिधिहरु ठप्प भएपछि सरकारले लकडाउनलाई केही खुकुलो बनायो । सरकारले लकडाउन खोल्नुको विकल्प नदेखेपछि सुरक्षात्मक उपाय अपनाएर बजार खोल्न दिने तथा काठमाडौँ उपत्यकासहित बढी जोखिम भएका क्षेत्रमा सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्यो । तर, त्यसपछिको समय अझै विकराल बन्दै गयो । 

 

लकडाउनमा कोरोना नियन्त्रण गर्न ‘असफल’ भएको सरकार त्यसपपछि पुनः ‘निषेधाज्ञा’ गर्ने रणनीतिमा लाग्यो । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७७/०५/०१ को निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम मिति २०७७/०५/१० गते राति १२ बजे देखि लागू हुने गरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भयो । देशको राजधानी तथा सबैभन्दा बढी जनघनत्व भएको शहर भएको हिसावले संक्रमण फैलने डर भएको भन्दै सरकारले यस्तो निर्णय लिएको हो । काठमाडौँ उपत्यकामा सुरुवाती चरणमा निषेधाज्ञा लागू हुँदा लकडाउनकै जस्तो अवस्था थियो । जहाँ अत्यावशेक बाहेकका गतिविधिहरुलाई नियन्त्रण गरिएको थियो । तीन हप्तासम्म ‘कडा’ निषेधाज्ञा गरेको सरकारले पुनः निषेधाज्ञा पनि खुकुलो बनाउँदै ल्यायो । अन्ततः अहिले सरकार सबैभन्दा खुकुलो निषेधाज्ञाको रणनीतिमा छ ।

सवारी साधनमा जोर/विजोरसँगै चैत १० गतेदेखि बन्द रहेको शैक्षिक संस्था, मठ मन्दिर, मस्जित, चर्च, सिनेमा घर, पार्टी प्यालेस, मनोरञ्जनस्थल, खेलकुद लगायतकाका केही गतिविधी भने बन्द नै छन् । लामो रुटका सार्वजनिक सवारी साधन पनि चल्न थालेका छन्  । 

 

चाडपर्वमा झनै डर, दशै झन् दशा बन्ने खतरा

असोज महिना सुरु भइसकेको छ । दशैं तथा तिहारजस्ता चाडपर्व पनि नजिकिएको तथा सार्वजनिक यातायात चलेसँगै शहर बस्नेहरु गाउँतिर लाग्नेछन् । यसै त शहरमा भएका केही अवसर पनि गुम्दै गइरहेको बेला गाउँ नै फर्कनेको संख्या पक्कै धेरै हुनेछ । तर, पछिल्लो समय शहरमा संक्रमणको दर फैलदै गएको कारणले गर्दा गाउँ–गाउँमा पनि संक्रमण फैलने जोखिम उत्तिकै छ । धेरै स्थानीय तह गाउँमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न असफल भइसकेको लकडाउनको समयमा पनि देखिइसकेको छ ।

 

शहर छोड्नेहरु गाउँमै 

सरकारले कडा लकडाउन लगाए पनि काठमाडौँ उपत्यकासहित देशका बिभिन्न स्थानबाट सर्वसाधरणहरु कयौं दिन हिँडेरै घर पुगे । शहरको बसाई आर्थिक हिसावले कठिन हुने भएपछि उनीहरु गाउँतिर हानिएका हुन् । गाउँ गएका अधिकांश सर्वसाधरण फर्किएका छैनन् । बरु उनीहरुले शहरमा लिएको डेरा खाली गर्न थालेका छन् । यस हिसावले उनीहरु तत्काल शहर फर्किने सम्भावना कम छ ।

 

रोगले भन्दा पनि भोकका कारण जोखिम उठाउँदै भारत

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण फैलन थालेपछि त्यहाँ रहेका लाखौं नेपाली कामदार निकै कष्ट भोगर देश फर्किए । तर, देशमा झनै भोकले मर्ने अवस्था आए पनि पुनः रोजगारीको लागि नेपालीहरु भारततर्फ हानिएका छन् । दैनिक १ लाख हाराहारीमा संक्रमण फैलदै गएको भारतमा केही अवसर भएकै कारण हजारौं नेपाली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

विदेशमा कामदारहरु अलपत्र

 

सरकारले ढिलै भए पनि विदेशमा काम गर्न गएका तर, महामारी कै कारण अलपत्र परेका श्रमिकहरुको उद्धार कार्य सुरु गर्यो । यसबीचमा कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसिएमसी)ले विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्यो । तर, पुनः दैनिक बढीमा १५ सय जनासम्मलाई उद्धार गरिरहेको छ । सरकारले उद्धार गरेको भने पनि अझै पनि विदेशमा नेपालीहरुको अवस्था नाजुक रहेको समाचारहरु प्रकाशित भइरहेका छन् ।

सम्वन्धित देशको दूतावासमा जाँदा जाँदा वाक्क भएकाहरु विदेशमा नै सरकारविरुद्ध प्रदर्शन गर्न थालेका छन् । उनीहरु नेपाल नफर्किउन्जेलसम्मको लागि व्यवस्थापन गर्न पनि सरकार चुकिरहेको छ ।

 

राहत

कोरोनाको कारण  सरकारले लकडाउन तथा निषेधाज्ञा गर्दा थुप्रै उद्योग व्यवसाय मर्कामा परे । सोही कारण धरै सार्वसाधरणले जागिर गुमाउनुपर्यो । तर, राहतको लागि भने सरकारले खासै काम गरेन भन्दा फरक पर्दैन । दिएका केही किलो चामल, दाल, एक पोका नुन, एक पोका तेलले एउटा परिवारलाई कति दिन पुग्छ ? बरु रोजगारीको अवसर गुमेपछि गाउँ फर्किएकाहरुको लागि नागरिकहरुकै पहलमा बभिन्न ठाउँमा खाना खुवाउने काम भयो, चर्को घाममा खाली खुट्टा हिडिरहेकाहरुले जुत्ता/चप्पल पाए, पानी तिर्खा मेटाए । अझै पनि देशका बिभिन्न स्थानमा नागरिकहरुले भोकालाई भोजन दिएर मानवियता प्रस्तुत गरिरहेका छन् । तर, यसबीचमा सरकारले कर तिर्न भने आह्वान गर्यो । मर्कामा परेका व्यवसायहीहरुले यसबारेमा सरकारसँग गुनासो राखे पनि सरकारले भने सुनुवाई गरेन । 

 

पिसिआर परीक्षण

सरकारले कोरोनाको परीक्षण गर्नमा ‘कन्जुस्याई’ गरिरहेको छ । कोरोना संक्रमण फैलदै गर्दा अविश्वसनिय आरडीटी विधिबाट कोरोनाको परीक्षण गरेर सरकारले तीव्र आलोचना खेप्नुपर्यो । ठेकेदार कम्पनीले ल्याएका गुणस्तरहिन किटहरु प्रयोग गरेर जसोतसो भ्याए । तर, कोरोनाको वास्तविक जाँच गर्ने पिसिआर विधिको परीक्षणको दायरा अझै बढ्न सकेको छैन । नेपालमा हालसम्म पिसिआर विधीबाट जम्मा ८ लाख ९४ हजार ३ सय मात्रै परीक्षण भएका छन् । हालसम्मको अवधिमा यो संख्या निकै थोरै हो ।

नेपालमा पछिल्लो समय औषतमा दैनिक औषतमा १० हजारको हाराहारीमा परीक्षण भइरहेको छ । लकडाउनपछि हालसम्म औषतमा करिब ६ हजारमात्रै पिसिआर परीक्षण भएका छन् । 

 

कोरोना नियन्त्रण गरिरहेका देशहरुले भने पिसिआर परीक्षणको दायरालाई व्यापक बनाइरहेका छन् । सम्भावित व्यक्तिसँगै सम्भावना नै नभएका व्यक्तिहरुको परीक्षण पनि भइरहेको छ । तर, सरकारले भने आर्थिक कारणले गर्दा परीक्षणको दायरा बढाउन नसक्ने बताइसकेको छ ।

 

कन्ट्याक ट्रेसिङ

सरकारले कन्ट्याक ट्रेसिङको कामलाई पनि प्रभावकारी बनाउन सकेन । जो आफूलाई कोरोनाको सम्भावना रहेको भन्दै परीक्षणको लागि गए उनीहरुको मात्रै परीक्षण भएको छ तर, सम्भावितहरुको खोजीको लागि प्रभावकारी काम गर्न सकेको छैन । 

 

अर्को दुखत् कुरा के भने कोरोना संक्रमितमध्ये कतिपय व्यक्ति सरकारको सम्पर्कमा पनि छैनन् । कोरोनाको ‘हटस्पट’ काठमाडौँ उपत्यकाका ५ सय भन्दा बढीसंक्रमित सम्पर्कमै छैनन् । काठमाडौँ महानगरका ४५२ तथा ललितपुर महानगरका ७५ जना संक्रमित दुवै महानगरको सम्पर्कमा छैनन्  । स्वाब दिँदैगर्दा भरेको विवरणमा उनीहरुले राखेको सम्पर्क नम्बर नै गलत पाइएपछि उनीहरुको खोजीमा प्रहरी लागेको छ । ति स्वाब दिनेहरुले कोरोना रिपोर्ट ‘पोजेटिभ’ आएको जानकारी नै प्राप्त गरेका छैनन् । 

 

पहुँच पुगेका व्यक्तिहरुले पटक–पटक कोरोना परीक्षण गराएका छन् । उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा कोरोना देखिनेवित्तिकै परीक्षणको लागि पुगिहाल्ने समाचार प्रकाशित भइरहेका छन् । तर, आम सर्वसाधरणको लागि यो सेवा लिन त्यति सहज छैन । 

 

मृतकको कोरोना परीक्षण नगर्ने

मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएका समाचार पनि प्रकाशित हुँदै छन् । कतिपयको अन्तिम संस्कार सकेपछि रिपोर्ट आउँदा पोजेटिभ पनि भेटिएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबार मृतकको स्वाब लिएर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयले शंकास्पद व्यक्तिको मृत्यु भएमा सावधानीपूर्वक अन्तिम संस्कार गर्न निर्देशन दिँदै स्वाब परीक्षणको आवश्यकता नभएको बताएको छ । तर, विज्ञहरुले भने सरकारको यो निर्देशनको चर्को आलोचना गरका छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 3 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 7 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 8 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”