कहाँ गए काठमाडौँ र ललितपुरका ५ सय जना कोरोना संक्रमित ?

  • शुक्रबार, २ असोज, २०७७
  • 5 months ago
  • नेपाल

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको ‘हटस्पट’ बनिरहेको काठमाडौँ उपत्यकाबाट ५ सय जना संक्रमित सम्पर्कविहीन भएका छन् । काठमाडौँ तथा ललितपुर जिल्लाका उक्त संक्रमितहरुले दिएको ठेगानामा सम्पर्क हुन नसकेपछि उपत्यकामा थप समस्या हुने देखिएको छ । 

 

ती व्यक्तिहरुको स्वाब संकलन गरेर पिसिआर बिधिबाट जाँच गर्दा पोजेटिभ देखिए पनि सम्पर्क भने हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका ४ सय ५२ र ललितपुर महानगरपालिकाका ७५ जना कोरोना पोजेटिभ रिपोर्ट आएकाहरु सम्पर्कविहीन रहेका छन् । काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने स्वाब दिनेले गलत विवरण भरेको कारण सम्पर्क हुन सकेको बताएका छन् । उनीहरुसँग सम्पर्क नभएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउन लागिएको छ । अब उनीहरुको खोजी प्रहरीले गर्ने तयारी भइरहेको छ ।

 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल काठमाडौँका ११ हजार ७४६, भक्तपुरका १ हजार १८६ तथा ललितपुरका १ हजार ३४७ जनामा कोरोना पुष्टि भइसकेको छ । दैनिक ५०० को हाराहारीमा संक्रमित भेटिँदा पनि पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

  • 14 seconds ago
पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

काठमाडौँ । पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार श्रेष्ठलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

  • 9 minutes ago
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।

सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

  • 10 minutes ago
सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

काठमाडौँ । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै...’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।