कोरोना कहर अनि रातो मत्स्येन्द्रनाथ

देश नेपाल हामी नेपाली

छौं अनेक जातजातीसँगै विविध संस्कति

हो यो हाम्रो शान हो, पहिचान हो

नेपाली हुनुमा गर्व गरौं, यो हाम्रो स्वाभिमान हो।

 

विश्व समुदाय आज विकशित संचार तथा प्रविधिले एउटा सानो समाजजस्तै भइसकेको छ । छिमेकी राष्ट्रहरुमा भइरहेको विकासले निकै ठूलो फड्को मारिसकेको छ । हामी भने कछुवाको गतिमा पनि विकास निर्माणका कार्यलाई अघि बढाउन सकिरहेका छैनौं ।

 

हामी प्रायः विकास हुन नसक्नुको दोष सरकारलाई दिन्छौं । देश विकास हुन नसक्नु र अराजकताले स्थान पाउनुको ठेट कारण के हो भनेर हामीले सही विश्लेषण गर्न नसकेका हौं त ! के हामीले सँधै एउटै अनुहारलाई निर्वाचनमा विजयी गराएर पठाएको नियती भोगिरहेका हौं त !

 

यदी, त्यो मात्रै कारण होइन भने हामी पनि अब जिम्मेवार बन्नुपर्ने बेला आएको छ । सँधै अरुको कारण विकास भएन भनेर आफूलाई चोख्याउन खोज्दा आफ्नो जिम्मेवारीबाट पन्छिन पनि हामी मिल्दैन । 

 

राज्यको एउटा जिम्मेवार नागरिक अनुशासन र नैतिकताप्रति सँधै सचेत रहनुपर्छ । कसैसँग तर्क गर्दा आफ्नै तरिकाले सोचेर मात्रै हुँदैन । अवस्थाको सही विश्लेषण गरेर अघि बढ्नु राम्रो हुन्छ ।

 

काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमितको ठूलो संख्या दैनिक रुपमा थपिँदै जाँदा जोखिम झनै बढिरहेको छ । सोही कारण तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञाको समयअवधि बढाउँदै तेस्रो सातामा पुर्याएको छ । यसबीचमा भिडभाड कम गराउने र संक्रमणको दर फैलन नदिने भन्ने प्रयास प्रशासनको रहेको छ ।

 

तर, विहीबार रातो मत्स्येन्द्रनाथको रथयात्रा हुनपर्ने भन्दै ठूलो जमात एकैस्थानमा भेला भएको पाइयो । त्यतिमात्रै होइन युवाहरुको समूहले ड्युटीमा खटिएका ट्राफिक जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरे । लामो समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिने अन्य तरिका पनि थियो होला । यसलाई चटक्कै छोड्ने भन्दा पनि तयार भएको रथमा केही रित पुर्याउन सकेको भए र यसको लागि सरोकारवाला निकायहरुसँग समन्वय गरेको भए राम्रो हुनेथियो होला ।

 

तर, एउटा व्यक्तिदेखि अर्को व्यक्तिबीचको दूरी कायम हुनुपर्नेमा उल्टै भिड उर्लेर रथ तान्ने प्रयास गरिनु पक्कै पनि राम्रो होइन । किनकी यो समयमा स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । ज्यान रहे अर्को वर्ष पनि विधिसम्वत ढंगले (कोरोनाको महामारी हटे) रथयात्रा गर्न सकिन्थ्यो । 

 

स्वास्थ्य सेवा राम्रो भएको राष्ट्रहरुमा समेत कोरोनाको कारण ज्यान गुमाउनेको संख्या दशौं हजार पुगेको छ । ती राष्ट्रहरुले पनि ठूलो मानविय तथा आर्थिक क्षति भोग्नुपरेको छ । अझै हाम्रोजस्तो कमजोर स्वास्थ्य सेवा भएको मुलुकमा कोरोना अझै व्यापक भयो भने भोलिको दिनमा के अवस्था आइलाग्ने हो त्यो अनुमान गर्न सहज छ । 

 

यस विषम परिस्थितिमा सरकारले लकडाउन वा निषेधाज्ञा जारी गरेर भिड कम गर्ने उपाय रचिरहेको छ । तर, हामी भने अवस्थालाई पनि ख्याल नै नगरि उदण्ड बन्ने प्रयास गरिरहेका छौं । लकडाउन वा निषेधाज्ञाको कारण मानिसहरुको दैनिकीमा समस्या आएको छ । तर, अझै भिडलाई जम्मा हुन दियो भने अवस्था कस्तो होला भनेर कल्पना गर्न पनि हामीलाई गाह्रो हुन्छ ।

 

अहिलेको अवस्थामा सरकार पक्ष, प्रतिपक्ष तथा सर्वसाधरण मिलेर कोरोनाबाट देशलाई उन्मुक्ति दिने हो । कोरोना नियन्त्रणको लागि अग्रभागमा बसेर खटिने स्वाथ्यकर्मी, सुरक्षाकर्मी पत्रकार लगायतको मनोवल उच्च बनाउनु हामी सबैको कर्तब्य हो ।

 

संस्कृति भनेको त हामीले मान्ने हो नि !

क्षमापुजा गरौं, भित्री मनदेखी पुजा गरौं

आस्था राखौं, श्रद्धा राखौ भक्तिभाव राखौं

ज्यान रहे त फेरि मनाउला नि चाडपर्व 

आफू होस् या संगैको साथी

आफन्त इष्टमित्र नै किन नहोस् 

उनीहरु नै नरहे के होला र चाडपर्वको महत्व !

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

  • 4 hours ago
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

  • 5 hours ago
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ४०,७७८ पुगेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।