प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज  प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । 

 

फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिए । 

 

गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस शुरु भई यही फागन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । 

 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो ।   


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु

  • 2 minutes ago
नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु

काठमाडौँ । ललितपुरको नख्खुमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान ५ बजेतिर नख्खुदोबाटोमा बाटो काट्दै गर्दा जिपले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल

२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स

  • 7 minutes ago
२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स

एजेन्सी । सलमान खान स्टारर बहुप्रतिक्षित फिल्म राधेः योर मोस्ट वान्टेड भाईको वितरण, भिडियो स्ट्रीमिंग र म्युजिक राइट्स गरेर २३५ करोडमा बिक्रि भएको छ ।

देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

  • 9 minutes ago
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।