के तपाईलाई यी देशहरुका बारेमा थाहा छ...

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ । 

 

१०. एण्डोरा

यो युरोपको सबैभन्दा सानो देश मध्य पर्छ । यो ४६८ स्क्वायर किलोमिटरमा फैलिएको छ । 

यो युरोपको छैटौ सानो देश हो ८३ हजार जनसंख्या रहेको यो देशको राजधानी एण्डोरा लाभेला हो । 

सानो भएपनि धेरै विकसित छ यो देश । यहाँका मानिसहरुको औसत उमेर ८२ वर्ष रहेको छ । 

यो देशको अजब लाग्दो एउटा कानुन छ । यहाँ हरेक एउटा परिवारलाई बन्दुक राख्न भनिएको छ । 

इमरजेन्सीका बेला आफु सुरक्षित हुन् भन्ने आशयले यस्तो नियम बनाइएको हो । 

 

९. इक्युटोरियल गिनी

यो देश पश्चिमी मध्य अफ्रिकामा रहेको छ । यो अफ्रिका भरमा स्पेनिस बोल्ने एकमात्र देश हो । यो देशको राजधानी मलाओ हो । यहाँको जनसंख्या १२ लाख रहेको छ । 

 

८. द रिपब्लिक अफ भनाउटु

यो देश अष्ट्रेलियादेखि ३६१७ किलोमिटर पर रहेको छ । यसको राजधानी पोइन्ट भिल्ला हो । यो देश ८० द्धिपमा अवस्थित रहेको छ । 

यो देशको क्षेत्रफल १२१९९ स्क्वायर किलोमिटर रहेको छ भने जनसंख्या ३ लाख ४६ हजार ४८९ रहेको छ । 

 

७. ट्रान्सनिष्टेरिया

यो देश युक्रेन र रोमानियाको बीचमा रहेको छ । यो स्वयम घोषित देश हो । यस देशलाई ती देशलेमात्र देश मानेका छन् । यो देश युनाइटेड नेशनको सदस्य छैन । त्यस्तै यो देशलाई देश मान्ने ती तीन देश पनि युनाइटेड नेशनका सदस्य छैनन् । 

सन् १९५२ मा यो देशले स्वतन्त्रताको लडाइ लडेको थियो । 

यो देशको आफ्नै मुद्रा, आर्मी, राष्ट्रपति रहेका छन् । 

यो देशको क्षेत्रफल ४०१६ स्क्वायर किलोटिमर रहेको छ र जनसंख्या ५ लाखभन्दा बढी रहेको छ । 

 

६. साउथ ओसिटिया

यो आम्शिक रुपले मानिएको देश हो । यो देश जर्जिया र रसियाको बीचमा रहेको छ । 

यो देशलाई विवादित क्षेत्रका रुपमा हेरिन्छ । रसिया र जर्जियाबीच भएको युद्धका कारण वाक्क भएका यस क्षेत्रका जनताले छुट्टै देश भएको घोषणा गरेका थिए । 

यो देशको जनसंख्या ७० हजार रहेको छ । 

यो देशमा रसियाको बाटोमात्रै भएर जान मिल्छ । 

 

५. ब्रुकिना फाँसो 

यो देश सहरा मरभुमिको दक्षिण भागमा रहेको छ । यहाँको जनसख्या १ करोड ७३ लाख रहेको छ । यसको राजधानी ओगादोगु हो । यो देश अफ्रिकन आर्ट र संस्कृतिमा सबैभन्दा अगाडि रहेको छ । 

यो देशको आधिकारीक भाषा फ्रेन्च हो । 

 

४. कोमरोस

अफ्रिकन महादेश नजिक रहेको एउटा आयरल्याण्डमा यो देश अवस्थित रहेको छ । यसको राजधानी मोरुही हो । घुम्नका लागि यो देशमा वार्षिक लाखौ पर्यटकहरु आउने गर्छन् । 

यो देशमा अरबी र फ्रेन्च संस्कृतिको प्रभाव उच्च रहेको छ । यो देशको क्षेत्रफल २०३४ स्क्वायर किलोमिटर रहेको भने जनसंख्या ८ लाखभन्दा बढी रहेको छ । 

 

३. जिबोउटी

यो देश मध्यपुर्वी अफ्रिकामा अवस्थित छ । यसको क्षेत्रफल २३२०० स्क्वायर किलोमिटर रहेको छ भने जनसंख्या ८ लाख ५० हजारभन्दा बढी रहेको छ । 

यसको राजधानी जिबुटी सिटी हो । 

 

२. तुभालु

यो एक आयरल्याण्ड देश हो । 

यो देश अष्ट्रेलियादेखि ५१५३ किलोमिटर पर रहेको छ । यसको राजधानी फुनाफुटी हो । यो देशको क्षेत्रफल २६ स्क्वायर किलोमिटर रहेको छ । 

यो विश्वकै सबैभन्दा सानो चौथो देश हो । 

यो देशको जनसंख्या १०,६४० रहेको  छ । 

यो देशमा आर्मी छैनन् । 

यो देशका राष्ट्राध्यक्ष बेलायतकी महारानी एलिजाबेथ हुन् । 

 

१. द रिपब्लिकन अफ किरीबाटी

सेन्ट्रल प्यासिफिक ओसन यो देश ३३ वटा आयरल्याण्डमा फैलिएको छ । यो देशको क्षेत्रफल ८०६ स्क्वायर किलोमिटर रहेको छ । यसको राजधानी साउथ त्रेवा हो । त्यस्तै यहाँको जनसंख्या लगभग १ लाख रहेको छ । यस देशका मानिसहरु एकदमै मित्रवत व्यवहार गर्छन् । आफ्नो देशमा आउने पर्यटकहरुलाई उनीहरु भव्य स्वागत गर्छन् ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल

  • 9 minutes ago
ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिकमात्र नभई संवैधानिक कू भएको आरोप लगाएका छन् । काठमाडौँ उपत्य

ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल

  • 25 minutes ago
ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनको लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् । शुक्रबार

भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

  • 37 minutes ago
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।