Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार पाँच अङ्कले बढ्यो

शेयर बजार पाँच अङ्कले बढ्यो


काठमाडौँ। आज सोमवार शेयर बजार सामान्य बढेको छ। आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नौ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ।

आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ। आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ।

आज कारोबार रकम तीन महिनायताकै कम भएको छ। गएको जेठ ११ गते यता आज पहिलो पटक शेयर बजारको कारोबार एक अर्ब रुपैयाँभन्दा कममा सीमित भएको हो। ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

Techie IT