अमेरिकाका महामारी राेग विशेषज्ञ डाक्टर फाउचीका अनुसार कहिलेसम्म आउँछ कोरोना भ्याक्सिन ?
- शुक्रबार, ३० असोज, २०७७
- 3 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । कोरोना भाइरसको भ्याक्सिनलाई लिएर विभिन्न खबरहरु बाहिर आइरहेका छन् । कोरोना भ्याक्सिन आउने आशमा विश्वभरका मानिसहरु रहेका छन् । कतिपयले यो वर्षको अन्त्यसम्ममा कोरोनाको भ्याक्सिन आउने बताएका थिए ।
अब अमेरिकाका महामारी रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीका अनुसार पुरै विश्वमा सुरक्षित र प्रभावी कोरोना भ्याक्सिन अप्रिल, २०२१ सम्म आउनसक्छ ।
एक मिडियालाई दिएको अन्तर्वार्तामा फाउचीले भनेका छन्, 'नोभेम्बर वा डिसेम्बरसम्म अनुसन्धानकर्ताले यो पत्ता लगाउनेछन् कि कुन भ्याक्सिन क्यान्डिेड सुरक्षित छ । यसको पत्ता लागेपछि मात्रै केही लाख डोजको तयारी गरिनेछ ।'
फाउचीले गरेको यो दाबी अमेरिकी राष्ट्रपति ट्रम्पको ठीक विपरित रहेको छ । उनले अक्टोबरसम्ममा कोरोना भ्याक्सिन आउने दाबी गरेका थिए । ट्रम्पले भनेका थिए यो वर्षको अन्त्यसम्ममा १० करोड डोज दिइनेछ ।
फाउचीका अनुसार कोरोना भ्याक्सिन तबमात्र दिइनेछ जब यो पुर्ण रुपमा सुरक्षित र हरेक ट्रायल पार गरेको हुनेछ । यसको व्यापक वितरण अर्को वर्षको अन्त्यसम्म हुनसक्छ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 4 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 4 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 4 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।