दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

  • शुक्रबार, १४ फागुन, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

काठमाडौं । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखाका  अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । 

 

यसअघि  बुधबार  मात्रै  मन्त्रालयले  ६१८  जना  मृतक  थपिएको  जानकारी  दिएको  थियो  । 

 

इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखा  र  कोभिड  सङ्कट  व्यवस्थापन  केन्द्र  (क्राइसिस  म्यानेजमेन्ट सेन्टर) कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा.  कृष्ण  पौडेलले  क्राइसिस  म्यानेजमेन्ट  सेन्टर  र  इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  केन्द्रको  सिफारिसमा  बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी  दिए ।  उनले  केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी  रहेकोले  थप  बढ्न  सक्ने  बताए । 

 

थपिएका  मृतकसँगै  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 54 minutes ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 1 hour ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।