स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ८ सय २२ पुग्यो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
file photo

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिरहेको छ । यस भाइरसलाई नियन्त्रणमा ल्याउनु पूरा विश्वको लागि चुनौति बनिरहेको छ । 

 

सायद कुनै क्षेत्र छैन होला जहाँ यस भाइरसले प्रभाबित बनाएको छैन । चीनको हुबेई प्रान्तको वुहान शहरबाट उत्पत्ति भएको यो भाइरसले विश्वमै महामारीको रुप लिएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

 

विश्वको अर्थतन्त्रमा यसले प्रतिकुल असर पुर्याएको छ । यस भाइरसको भ्याक्सिन परीक्षण भएपनि सफल हुन भने सकिराखेको छैन । विश्वका वैज्ञानिकहरु यसको भ्याक्सिन निर्माणमा लागिपरेका छन् । 

 

विश्वमा ३१ लाख ३५ हजार ३ सय २४ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख १७ हजार ७ सय ९ जनाको यस भाइरसका कारण ज्यान गएको छ । ९ लाख ५२ हजार ९ सय २४ जना पूर्ण रुपमा निको भएका छन् । 

 

कोरोना भाइरसले प्रभावित बनाएको राष्ट्रमध्ये अमेरिकापछि स्पेन रहेको छ । स्पेनमा २ लाख ३२ हजार १ सय २८ जनामा कोरोना संक्रमण रहेको छ । २३ हजार ८ सय २२ जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् । १ लाख २३ हजार ९ सय ३ जना पूर्ण रुपमा निको भएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 10 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 44 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।