१० अगस्टमा रसियाले बनाएको कोरोना भ्याक्सिन बजारमा आउन सक्ने

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । विश्वभरका १०० भन्दा वैज्ञानिकहरुको समुह कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् । केही देशले आफुहरु भ्याक्सिनको अन्तिम चरणमा रहेको बताउँद्रै आइरहेका छन् ।

 

यसबीच रसियाबाट आशालाग्दो खबर बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार अगस्ट १० सम्म रसियाले भ्याक्सिन ल्याउने तयारी गरेको छ । गामालेया इन्स्टीच्युटले भ्याक्सिनलाई लिएर दाबी गर्दै यो भ्याक्सिन १०  अगस्टमा बजारमा आउने जानकारी दिएको हो । 

 

रसियाका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोका अनुसार भ्याक्सिनको परीक्षण सकिएको छ । गामालेया इन्स्टीच्युटले बनाएको भ्याक्सिन बजारमा ल्याउन तयारी अवस्थामा रहेको बताइएको छ । 

 

कम्पनीले क्लीनिकल ट्रायलका लागि अनुमति मागेको बताइएको छ । 

 

स्पुटनिक न्यूज मिडियाका अनुसार स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले भनेका छन्, 'भ्याक्सिनको ट्रायल पुरा भएको छ । अब यसका वैज्ञानिकहरुले कहिले बजारमा उपलब्ध गराउँछन् त्यो उनीहरुमा नै निर्भर रहन्छ ।'


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 10 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 42 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 51 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।