यी १७ देशहरु जहाँ अझै पनि कोरोना भ्याक्सिनको पहुँच पुग्न सकेको छैन
- सोमबार, १० फागुन, २०७७
- 1 week ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्टका कारण थप त्रासको अवस्था रहेको छ । यो संकटको अवस्थामा शक्तिशाली देशहरुले भ्याक्सिनको जोहो गरिसकेका छन् । तर, केही यस्ता देशहरु समेत रहेका छन् जहाँ अझै पनि भ्याक्सिन पुग्न सकेको छैन । धनी देशहरुले मात्रै ८५ प्रतिशत भ्याक्सिन कब्जा गरेको संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले आक्रोश व्यक्त गरेका थिए । उनले यही अवस्था रहे थप भयावह स्थिति आउने बताएका थिए ।
कोरोनाको नयाँ भेरिन्ट झनै खतरनाक भएको वैज्ञानिकहरुले चेतावनी दिदै आइरहेका छन् । तर, यसबारे गम्भीर नभएको उनीहरुको टिप्पणी रहेको छ ।
अफ्रिका कतिपय देशमा अझै पनि भ्याक्सिनको पहुँच पुग्न सकेको छैन । अफ्रिकाका १७ देश रेड जोनमा रहेका छन् ।
अफ्रिकाका १७ देशलाई ब्रिटेनले रेड जोनमा राखेको हो । अंगोला, बोत्सवाना, बुरुण्डी, केप वेरडे, डीआरसी, एसबेतिनी, लेसोथो, मलावी, मारिशस, मोजाम्बिक, नामीबिया, रवांडा, सेशेल्स, साउथ अफ्रीका, तंजानिया, जाम्बिया जस्ता देशहरु रेड जोनमा रहेका छन् । यी देशमा अझै पनि भ्याक्सिनको पहुँच पुग्न सकेको छैन । यसले विश्वलाई थप संकटको पारेको विज्ञहरुले बताएका छन् ।
विश्वमा हालसम्म ११ करोड १९ लाख ३८ हजार १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म २४ लाख ७७ हजार ४४३ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ८ करोड ७२ लाख ४५ हजार ७४९ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिकामा पछिल्लो २४ घण्टामा थप ५१ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा १ हजार १४२ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म २ करोड ८७ लाख ५९ हजार २८६ जनामा कोरोनाले संक्रमण गराएको छ । ५ लाख ११ हजार २६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै १ करोड ८९ लाख ६९ हजार ४४६ संक्रमित निको भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो
- 4 minutes ago

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप
- 5 minutes ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं
- 13 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।