कोरोना विरुद्धको खोप प्रयोगका लागि फाइजरले माग्यो अनुमति

एजेन्सी । कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले  अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्ने बताइएको छ । यदि एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ ।

 

यता उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ ।

 

जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो । यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक “केही घण्टाभित्रै खोप वितरण गर्न तयार“ भएको उनीहरूले बताएका छन् ।

 

विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ । फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरेका छन् ।

 

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन(सीडीसीपी) ले कसलाई पहिला उपलब्ध गराउने भन्ने टुंगो लगाउनेछ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फेरि अदालतमा उपस्थित भएनन् सलमान

  • 9 minutes ago
फेरि अदालतमा उपस्थित भएनन् सलमान

एजेन्सी । बलिउड स्टार सलमान खानविरुद्ध राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ ।

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 1 hour ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 1 hour ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।