विश्वभर एकैदिन थपिए ५ लाख ६ हजार १४९ संक्रमित

एजेन्सी । गत वर्षको डिेसेम्बरबाट चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना  भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।  कोरोना भाइरस विरुद्धको भ्याक्सिन निर्माण जारी रहेको छ भने परीक्षण पनि अन्तिम चरणमा पुगेको समाचारहरु पाप्त भएका छन् । 

 

यो समाचार तयार पार्दासम्म विश्वमा ५ करोड ९४ लाख ७३ हजार ३५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ लाख  १ हजार ४०४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ४ करोड ११ लाख १३ हजार ६६७ संक्रमित निको भएका छन् ।  

 

यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ५४ हजार १८ जनामा कोरोना पुष्टि भएको छ भने ८८८ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ करोड २७ लाख ५४ हजार ९४८ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ६३ हजार ६०२ जनाले ज्यान गुमाएका छन् ।

 

यस्तै ७५ लाख २८ हजार ३२० संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।              


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल

  • 1 minute ago
ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिकमात्र नभई संवैधानिक कू भएको आरोप लगाएका छन् । काठमाडौँ उपत्य

ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल

  • 17 minutes ago
ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनको लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् । शुक्रबार

भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

  • 30 minutes ago
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।