कोरोना कहरः भेन्टिलेटरमा थिए श्रीमान्, तीन घण्टासम्म श्रीमतीसँग कुरा, त्यसपछि भयो चमत्कार

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध डाक्टर र बिरामी लडाई लडिरहेका छन् । यस दौरान चिकित्सकहरुलाई नयाँ नयाँ चुनौतीहरुको सामना गर्नुपरेको छ । यतिधेरै सुविधा र उपचारका बीच पनि अमेरिकामा ५७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस दौरान एक जना बिरामी भने मृत्युको मुखमा पुगेर फर्किका छन् । उनको यो संघर्ष हाल सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । 

 

अमेरिकाको म्यासाचुसेट्समा बस्ने ४९ वर्षिय जिम बोली पेशाले वकिल हुन् । साथै उनी एथ्लेटिक्समा पनि उत्तिकै रुची राख्छन् । उनी स्वस्थ नै थिए । तर, कोरोना भाइरसका कारण उनी थलिन पुगे । उनको अवस्था यति गम्भीर बन्यो कि उनी मृत्यु मुखमा नै पुगे । डाक्टरहरुले उनलाई बाँच्न सक्ने सम्भावना निकै कम रहेको समेत उनकी श्रीमतीलाई जानकारी दिएका थिए । 

 

तीन जना सन्तानका पिता उनले म्यासाचुसेट्स जनरल अस्पतालमा उपचार भइराखेको थियो । मार्चको सुरुवातमा उनलाई उच्च ज्वोरो आएको थियो । ३२ दिनसम्म उनलाई भेन्टिलेटरमा राखिएको थियो । यसबीच उनलाई ९ दिनसम्म त आर्टिफिसियल हार्ट लंग मेशिनको सहाराले उनलाई जीवित राखिएको थियो । 

 

न्युर्योक टाइम्सको रिपोर्ट अनुसार डा एम्बी रुबिनले किम बेलोलाई भनेकी थिइन् कि उनको बाँच्ने सम्भावना निकै कम रहेको छ । यदी इमान्दर भएर भन्ने हो भने सम्भावना नो बराबर रहेको थियो । 

 

जिमको फोक्सोले काम गर्न छोडिसकेको थियो । उनले फोक्सोको एक्सरे पनि निकै खराब आएको थियो । 

 

चिकित्सकहरुले उनलाई विभिन्न एक्सपेरिमेन्टल औषधि पनि दिएका थिए । तर, उनको बिग्रदो स्वास्थ्यका कारण डाक्टर र परिवार निराश भइसकेका थिए । जिमले आफ्नी पत्नीसँग बोल्ने  चाहना व्यक्त गरे । डाक्टरले पनि उनलाई १५ मिनेटका लागि भेट्ने अनुमित दिए । यो उनको दोस्रो मौका थियो । पत्नी किमसँग घण्टौँ कुरा गर्न थालिन् । यसले उनको स्वास्थ्यमा सुधार आएको देखियो । उनलाई डाक्टरले पनि केही भनेनन् । उनले आफ्नो श्रीमानलाई थप हौसला दिने काम गरिन् । 

 

त्यसपछि उनको स्वास्थ्यमा लगातार सुधार आयो । डाक्टरहरु पनि निकै आश्चर्य चकितमा परे कि उनको स्वास्थ्यमा कसरी सुधार आयो । डाक्टर पल कुरियर भन्छन्, मलाई लाग्दैन कि श्रीमतीसँगको भेटाइले उनको स्वास्थ्यमा सुधारअ ाएको हो । उनी ३ घण्टासम्म पतिसँग रहन्थिइन् । यो उनको परिवारको सबैभन्दा खराब दिनहरु थिए । तर, यो दौरान धेरै कुराले उनको स्वास्थ्यमा सुधार आएको हुनसक्ने हाम्रो अनुमान रहेको छ ।

 

अन्तत उनी १४ अप्रिलमा भेन्टिलेटरबाट हटाइए । उनी आफैँले सास लिन थाले । आज उनी आफ्नै घरमा आराम गरिरहेका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 4 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 17 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 32 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।