कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन १०० जनाको मृत्यु
- मंगलबार, २७ जेष्ठ, २०७७
- 8 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । कोरोनाभाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो ।
मंगलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ ।
स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाउनु भएको छ । उहाँले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिनु भएको छ ।
पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात उनीहरुको दैनिक आय १.९० डलरभन्दा कम छ । पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बझाङस्थित धुली विद्यालय केही दिनको लागि बन्द
- 5 minutes ago

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- 2 hours ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
- 2 hours ago

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।