कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय आजदेखि एक साताका लागि बन्द

  • शुक्रबार, ९ असोज, २०७७
  • 1 month ago
  • नेपाल

कञ्चनरुप । कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय आजदेखि एक साताका लागि बन्द गरिएको छ ।  नगरपालिकाले आज  सूचना जारी गरी आजदेखि यही असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ । 

 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जारी गरेको सूचनाअनुसार नगरपालिकाबाट प्रवाह हुने शिक्षा स्वास्थ्य, कृषि, पशुलगायत नगरपालिका वडा नम्बर ८ बाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

 

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार कञ्चनरुप–८ बस्ने  कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो । 

 

संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका दुई छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पिसिआर परीक्षणका लागि आज स्वाब संकलन गरिएको र अन्य कर्मचारीको आगामी मङ्गलबार स्वाब संकलन गरिने जानकारी खड्काले दिए।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

  • 1 minute ago
लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

एजेन्सी । एजेन्सी । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

राष्ट्रपतिबाट टीका ग्रहण

  • 14 hours ago
राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेका हुन् ।

सभापति देउवाद्वारा घर—डेरामै सिमित रहेर पर्व मनाउन आग्रह

  • 14 hours ago
सभापति देउवाद्वारा घर—डेरामै सिमित रहेर पर्व मनाउन आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन् ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।