कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन

  • शुक्रबार, ९ असोज, २०७७
  • 3 weeks ago
  • अर्थ

कञ्चनपुर । कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले   आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन परेको हो । 

 

प्रदेश सरकारले कोरोना महामारी प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउने भन्दै आवेदनका लागि २१ दिनको समयावधि दिएको थियो । बङ्गुर, बाख्रा, कुखुरा र माछापालनलगायतका व्यवसाय गर्न एक हजार दुई जनाले आवेदन दिएका छन् । पशु सेवा केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाले  कञ्चनपुरका सबै पालिकामा आवेदन लिइएको बताउँदै सबै विवरण आउन बाँकी रहेको जानकारी दिए।

 

“पालिकामा आवेदन सङ्कलनको काम भइरहेको छ”, उहाँले भन्नु्भयो, “आवेदन दिनेमा भारत र तेस्रो मुलुकबाट कोरोना प्रभावित भएर आएका बढी छन् ।” कञ्चनपुरका नौवटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा कृषितर्फ व्यवसाय गर्न चाहनेले आवेदन दिएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले ज्ञान केन्द्रमा ३३१ कोरोना प्रभावितले व्यवसाय गर्न आवेदन दिएको बताए ।

 

“नगरपालिकामा कृषितर्फको आवेदन सङ्कलन भएको छ”, उनले भने, “सबैतिरको विवरण सङ्कलन हुँदैछ ।” सो केन्द्रमा आएका आवेदनमा तरकारी र च्याउ खेती गर्न धेरैले इच्छा देखाएका छन् । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन असोज ६ गतेसम्म समय दिएको थियो ।

 

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउ खेती, मौरी, भेडा, बाख्रा, बङ्गुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुराहाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय र अन्य गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

 

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन यहाँका ८८ वटै स्थानीय तह र जिल्लाका कृषि र भेटेरिनरीमा आवेदन दिन लगाइएको बताए । “हाम्रो प्रदेशमा कतिले आवेदन दिए त्यो सबैतिरको विवरण सङ्कलन हुँदैछ”, उनले भने, “सबै विवरण आउन चार÷पाँच दिन लाग्छ ।”


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

  • 45 seconds ago
प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

काठमाडौँ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजूरी परेका छन् अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा युवराज खति

सेनालाई सदैव सहयोग गर्छुः उपप्रम पोखरेल

  • 1 minute ago
सेनालाई सदैव सहयोग गर्छुः उपप्रम पोखरेल

काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई आज बिदाइ गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।