कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • शुक्रबार, ९ असोज, २०७७
  • 1 month ago
  • नेपाल

सप्तरी । कोरोनाबाट संक्रमित थप एक  सप्तरीवासीको  मृत्यु भएको छ ।  राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।

 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उहाँका छोराले बताउनुभयो । रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो । उनको शव अहिले धरानमै  छ ।

 

उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटा नै मृत्यु भएको थियो । दाजुको पिसिआर परीक्षण भने गरिएको थिएन । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

  • 5 minutes ago
उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • 16 minutes ago
टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो ।

लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

  • 28 minutes ago
लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

एजेन्सी । एजेन्सी । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।