कोरोनाका कारण बाबा असलमको मृत्यु, उनका २३ जना भक्तहरु पनि संक्रमित

एजेन्सी । भारतकाे एमपीको रतलाममा झार फुक गर्ने एक बाबाको कोरोनाका कारण मृत्यु भएको छ । हातमा चुम्बन गरेर बिरामीको उपचार गर्ने ती बाबाका कारण २३ जनामा कोरोना संक्रमण फैलिएकोछ । 

 

उनको मृत्यु भएसँगै रतलाममा त्रासको वातावरण भएको छ । ती बाबाको ख्याति रतलाम शहरमा मात्रै नभई अन्य क्षेत्रमा रहेको थियो । ती बाबाका कारण कोरोना संक्रमण फैलिएपछि कन्ट्याक ट्रेसिङमा समेत समस्या भएको बताइएको छ । अन्धविश्वासका कारण मानिसहरु उनको उपचार गराउन जाने गरेको बताइएको छ । 

 

ती बाबाको असली नाम अनवर शाह रहेको छ । उनी १५ वर्षदेखि हातमा चुम्बन गर्दै बिरामीको उपचार गर्दै आइरहेका थिए । बिरामीलाई निको पार्ने भन्दै उनले मोटो रकम पनि असुली गर्दै आइरहेको बताइएको छ ।

 

ती बाबाको चार जुनमा कोरोना कारण मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै उनीसँग उपचार गराउन गएका मानिसहरुको खोजी कार्य भइरहेको बताइएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 1 minute ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 34 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 43 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।