चीनको मध्य क्षेत्रमा कोभिड–१९ का नयाँ बिरामी देखिएनन्

file photo

एजेन्सी । चीनको मध्य क्षेत्रमा स्थानीय रुपमा प्रसारित कोरोना भाइरसका बिरामी नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । 

 

आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो । 

 

स्थानीय व्यक्तिमा संक्रमण भएका एक शंकास्पद व्यक्ति भित्री मंगोलियामा देखिएको आयोगले जनाएको छ । कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु नभएको पनि आयोगको भनाई छ । 

 

विदेशबाट आएका व्यक्तिहरुमध्ये शाङ्घाई, फुजियान, गुआङदोङ र शाङ्सीमा कोरोना पुष्टी भएको थियो । 

 

मंगलबारसम्ममा चीनको मध्य क्षेत्रमा कूल तीन हजार ८०९ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये तीन हजार ५२३ जना डिस्चार्ज भइसकेका छन् भने २८६ जना अस्पतालमा उपचार गराइरहेका छन् ।  आयोगका अनुसार विदेशबाट आएका संक्रमित कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । 

 

चीनको मध्य क्षेत्रमा हालसम्म ८६ हजार ४६९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका थिए भने कूल चार हजार ६३४ जनाको मृत्यु भएको थियो । अझै पनि ३०५ जना उपचारका क्रममा रहेका छन् जसमध्ये छ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।

 

“मेनल्यान्ड चाइना” भनेर चिनिने चीनको उहान समेत मध्य क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर पारेको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 6 minutes ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 13 minutes ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

  • 58 minutes ago
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।