कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

  • शुक्रबार, ७ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

बनेपा । कोरोना भाइरस संक्रमणका कारण आज बनेपा नगरपालिकाका एक ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । 

 

बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ ।

 

यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र सात महिला गरी १६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

 

विगत २४ घण्टामा काभ्रेपलाञ्चोकमा हालसम्मकै उच्च सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । आज ६१ पुरुषसहित ११० मा कोरोना सङ्क्रमण देखिएको छ । आज २८ जना कोरोनामुक्त भई घर फर्किएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । 

 

झाका अनुसार आज थपिएका सङ्क्रमितमध्ये मध्ये बनेपा नगरका ५४, पनौती नगरका आठ, धुलिखेल नगरका २६, नमोबुद्ध नगरका छ, मण्डनदेउपुरका छ, पाँचखालका पाँच तथा बेथानचोक गाउँपालिकाका एक, चौंरीदेउरालीका एक, रोशीका दुई तथा खानीखोलाका एक रहेका छन् । आज ११० थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८१ पुगेको छ । यसमध्ये ६२ प्रतिशत अर्थात् ९१५ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 46 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 53 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 56 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।