ब्राजिललाई थिलोथिलो पार्यो कोरोनाले, एकैदिन ५२ हजारभन्दा बढी सङ्क्रमित

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । 

 

योसँगै यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ । 

 

गएको २४ घन्टामा यहाँ १ हजार २१२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।     

 

यहाँका ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ ।

 

गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो ।      

 

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।     

 

यसै कारणले पनि यहाँ ठूलो संख्यामा  फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । 

 

यहाँको स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।      


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।